दुर्गा मूर्ति बिर्सजनसंगै दशैको बिदाई

  • राधेश्याम विश्वकर्मा

भैरहवा । दुर्गा मूर्ति बिसर्जन संगै नौ दिने नवरात्री पूजा समारोह सकिएको छ । भैरहवा तथा आसपासमा स्थापना गरिएका दुर्गा, गणेश, कार्तिकेय, सरस्वती र लक्ष्मीका मूर्तिहरु स्थानीय नदीमा बिसर्जन गरिएको छ ।

भैरहवा आसापास रहेका डण्डा, तिनाउ, रोहिणी लगायतका नदीहरुमा सयौं मूर्तिहरु बिसर्जित गरि दशै पर्वलाई बिदाई गरिएको हो । घटस्थापनाको दिन बिधिवत रुपमा स्थापित गरि नौदिनसम्म पूजा, आराधना गरि नवमीको दिन यज्ञमा पूर्णाहुति दिई दशमीको दिन मूर्तिहरु बिसर्जन गर्ने परम्पराछ ।

भैरहवा तथा आसपासका मूर्तिहरु बिशेष बाजागाजा सहित नगर परिक्रमा गराई बिधिवत रुपमा स्थानीय नदीनालामा बिर्सजन गरिन्छ ।

तराईमा दशै नवरात्रिमा ब्रत बसी दुर्गा आराधना गरि मनाउने गरिन्छ । नवरात्रिमा दुर्गा भवानीको बिभिन्न नौरुपको पूजा तथा कथा वाचनगर्ने कार्यक्रम गरि नवमीमा हवन गरे पछि व्रत तोड्ने गरिन्छ । दशौ दिन मूर्ति बिर्सजनको अवसरमा जिल्लाको बिभिन्न भागमा मेलाको आयोजना गरिन्छ ।

मूर्ति बिसर्जनको समय हुनसक्ने हुलदंगालाई नियन्त्रणगर्न रुपन्देही प्रहरीले मूर्ति बिसर्जनमा सुरक्षा ब्यवस्था कडा पारेको थियो ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री