मणिग्राम किंगस् र तिनाउ टाईटन्स विजयी

-राधेश्याम विश्वकर्मा

रुपन्देही । तिलोत्तमामा जारी सर्बोत्तम तिलोत्तमा प्रिमियर लिगको मंगलबार सम्पन्न खेलमा मणिग्राम किंगस् र तिनाउ टाईटन्स बिजयी भएका छन ।

मंगलबार पहिलो खेलमा तिनाउ टाइटन्स्ले लुम्बिनी शाक्यान्लाई ७ विकेटले पराजित गरेको छ । पहिले ब्याटिङ्ग गरेको लुम्बिनी शाक्यान्ले १ सय ३ रनको योगफल तयार गरेको थियो ।

१ सय ४ रनको बिजय लक्ष्य सहित ब्याटिङ्गमा उत्रेको तिनाउको जितका लागि रोशन थामिले ३३ र अजय कोसिल्याले ३८ रनको योगदान गरेका थिए । शाक्यान्लाई झिनो रनमा रोक्ने क्रममा तिनाउका सुदन श्रेष्ठ र संदिप जोराले २÷२ विकेट लिएका थिए ।

प्रतियोगितामा तिनाउटाइटन्सका संदिप जोराले म्यानअफ द म्याचको उपाधी जिते भने तिनाउकै अजय कौसल्या मष्ट भ्यालुएवल प्लेयर बने ।

प्रतियोगिता अन्तर्गत मंगलबार नै सम्पन्न दोस्रो खेलमा मणिग्राम किंगस् ४ रनको झिनो अन्तर ले विजयी भएको छ । मणिग्राम किंगस्ले दिएको १ सय ३३ रनको लक्ष्य पच्छाएको पाल्पाली लिजेन्टले पुरै ओभर खेल्दा १ सय २८ रनमा समेटिए पछि मणिग्राम किंग्सको जित सुनिष्चित भएको हो ।

मणिग्राम किंगस्का लागि सुनिल भण्डारी नटआउट ६८ रनको योगदान गरेका थिए । पाल्पाली लिजेन्टस्लाई हार चखाउन मणिग्रामका कृष्ण कार्कीले ४ ओभर बलिङ्ग गर्दै १२ रन खर्चेर ४ विकेट लिएका थिए ।

प्रतियोगितामा मणिग्रामका कृष्णकार्की म्यान अफ द म्याच बने भने सुनिल भण्डारी मष्टभ्यालुएवल प्लेयर भए ।

प्रतियोगितामा राष्ट्रिय खेलाडिहरु सम्मिलित १० टिमले सहभागिता जनाएका छन ।

तिलोत्तमा नगर पालिका वडा नम्बर ६ स्थित नवजिवन क्लवको खेल मैदान नयाँ मिल १० नम्बरमा जारी प्रतियोगितामा प्रथम हुने टिमले नगद ४ लाख प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले नगद २ लाख प्राप्त गर्नेछ ।

प्रतियोगिता अन्तर्गत भोलीको पहिलो खेलमा रुपन्देही पल्टन्स्ले ज्ञानोदय गोल्डस्को सामना गर्नेछ भने दोस्रोमा पाल्पाली लिजेन्डस्ले एक्स्पर्ट रोयल शंकरनगरको सामनागर्ने खेल संयोजक दिपक भुर्तेलले जानकारी दिए ।

टिप्पणी थप्नुहोस्