तिलोत्तमा प्रिमियर लिग : पाल्पाली लिजेन्टस् सेमिफाइनलमा

रुपन्देही । तिलोत्तममा जारी तिलोत्तमा प्रिमियर लिगमा पाल्पा लिजेन्टस् सेमिफाइनल नजिक पुगेको छ ।

लिग चरणको ४ खेलमा ३ वटामा बिजयी हुदै पाल्पाले सेमीफाईनलको लागी आफ्नो प्रवल दावेदारी पेश गरेको छ । प्रतियोगितामा पाल्पाली लिजेन्ट्सले अहिलेसम्म उत्कृष्ट खेल प्रदर्शन गरिरहेको छ ।

प्रतियोगिता अन्र्तगत बुधबार सम्पन्न भएको खेलमा पाल्पाली लिजेन्ट्सले एक्सपर्ट रोयल शंकरनगरलाई ७ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ । पहिले ब्याटिङ्गमा आएको शंकरनगरले निर्धारित ओभरमा १ सय ५२ रनको योगफल तयार पारेको थियो ।

१ सय ५३ रनको बिजयी लक्ष्य पाएको पाल्पाली लिजेन्ट्सले खेलमा ५ बाकी छदै ३ विकेट गुमाएर उक्त लक्ष्य हासिल गरेको थियो । पाल्पाका सुवेन्दु पाण्डेले आफ्नो टिमको लागी सर्वाधिक ७५ रन बनाएका थिए । उनले उक्त रन बनाउदा ५८ बल खेली ८ वटा चौका प्रहार गरेका थिए । यस्तै पाल्पाकै निर्मल थापाले ४७ र राजेन्द्र शाक्यले १९ रन बनाएका थिए ।

बलिङ्ग तर्फ शंकरनगरका रोहित पौडेलले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिएका थिए भने दुर्गेश कुर्मीले १ विकेट हासिल गरे ।शंकरनगरका लागि रोहित कुमार पौडेलले सर्बाधिक ८५ रन बनाएका थिए ।

प्रतियोगितामा पाल्पालीका सुबेन्दु पाण्डे म्यान अफ द म्याच र निर्मल थापा मष्ट भ्यालुएवल प्लेयर बन्न सफल भए । यसैगरी आजै सम्पन्न पहिलो खेलमा रेन्बो ज्ञानोदय गोल्डस् बिजयी भएको छ । ज्ञानोदयले रुपन्देही पल्टन्स्लाई ६ विकेटले पराजित गर्दै जित हासिल गरेको हो ।

पहिले ब्याटिङ्ग गरेको रुपन्देही पल्टन्स्ले १६ दशमलव ३ ओभर खेलेर ७६ रन बनाएको थियो । रुपन्देही पल्टन्स्का लागी दिनेश मगरले १६ र दिपेन्द्र सिंह ऐरी १५ रन बनाए पनि अन्यब्याट्स म्यानहरु खासै चल्न सकेनन् । पल्टन्स्लाई ज्ञानोदयका दिवन पुनले धराशायी बनाएका थिए । उनले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिएका थिए ।

७७ रनको लक्ष्यका सहित क्रिजमा आएको रेन्बो ज्ञानोदय गोल्डस् १२ दशमलब १ ओभरमा ४ विकेटको क्षतिमै लक्ष्य भेटेको थियो । ज्ञानोदयका सुनिल धमलाले ३९ र हरजित सिंहले २१ रन बनाउदै जितको बलियो जग तयार पारेका थिए ।

प्रतियोगितामा ज्ञानोदयका दिवन पुन म्यान अफ द म्याच भए भने प्रतिष जिसी मष्ट भ्यालुएवल खेलाडी घोषित भएका थिए ।

टिप्पणी थप्नुहोस्