तिहारमा फूलको माला: पारीलाई भन्दा वारीलाई प्राथमिकता

-राधेश्याम विश्वकर्मा

भैरहवा । सम्भवतः नेपालमा फूल सबैभन्दा बढी खपत हुने भनेको तिहार हो । तिहारमा प्रयोग हुने सयपत्री, सुपारी होस या अन्य बेला हुने अरु फूल नै होस भारतबाटै आयात गरेर यसको आपूर्ती गरिएको थियो ।

तर अहिले परिवेश थोरै फेरिएको छ । अहिले बिशेषतः तिहारमा प्रयोग हुने सयपत्री फूलको उत्पादन नेपालमै हुन थालेपछि भारतबाट यसको आयातमा कमी आएको छ ।

तिहार लगायत अन्य पर्व एवं उत्सवका क्रममा प्रयोग हुने सयपत्री फूलको मालाका लागि सधैं भारतमा आत्मनिर्भर हुँदा वार्षिक करोडांै रूपैयाँ बाहिरिने गरेको छ ।

तर, पछिल्लो केही वर्षदेखि तराईका विभिन्न क्षेत्रमा पनि सयपत्री फूलको ब्यावसायिक खेती हुन थालेपछि केही मात्रामा भए पनि तिहार लगायत पर्व र अन्य उत्सवहरूमा स्थानीय फूलकै मालाहरू प्रयोग हुन थालेका छन् ।

यो वर्षका लागि पनि भैरहवाकै वडा नम्बर ९ गोनहियामा बिन्धबासिनी मन्दिर क्षेत्रमा सयपत्री फूलको ब्याबसायिक खेती भएको छ । भैरहवामा रहेको नेपाल बहुमुखी सहकारी संस्था मार्फत् कृषि परियोजना संचालन गरी तरकारी एवं फलफूल खेती सुरू गरिएको हो । अहिले ब्यवसायिक रूपमा सयपत्री फूल तयार भैसकेको संस्थाका शेयर धनी एवं सदस्य सुशील पौडेलले बताए ।

‘हामीले सुरू गरेको कृषि परियोजनामा अन्य तरकारी फलफूलसँगै सयपत्री फूलको खेती भएको छ । तिहारमा कम्तिमा पाँच हजार माला तयार गरी बजारमा पठाउने हाम्रो लक्ष्य छ । हाम्रो कामले केही मात्रामा भए पनि भारतसँगको ब्यापार घाटा कम गर्न मद्दत हुने विश्वास गरेका छौं’, पौडेलले भने । यो पटक बनाएका छांै– ‘पारीको होईन वारीको फूल माला’ भन्ने नारा नै बनाएको उनले बताए ।

फूल खेतीमा ३० हजार बढी रूपैयाँ मात्रै अहिले लगानी गरिएको सञ्चालक पौडेलले बताए । तीन महिना अघि सुरू भएको सहकारीको कृषि परियोजना अन्तर्गत त्यहाँको ३ बिगाहा बढी जग्गामा अहिले बिभिन्न तरकारी, केरा, मेवा, कागतीसँगै सयपत्री फूलको ब्यावसायिक खेती सुरू भएको छ । सयपत्री फूल मात्रै करिब १० कठ्ठा जग्गामा १ हजार ५ सय बढी बेर्ना लगाईएको पौडेलले बताए ।

गोनहियामा मात्र हैन हिले जिल्लाकै बिभिन्न भागमा समेत तिहार लक्षित सयपत्री र सुपारी फूलको ब्यवसायीक उत्पादन भई रहेको छ । यसले बिशेष गरि भारतको बनारस र कोलकाताबाट आउने फूललाई प्रतिस्थापन गरेको छ ।

फूलको आयातमा कमि आएको भैरहवा भन्सार कार्यालयको तथ्यांकबाट पनि देखिएको छ । साउन अघि फूलको आयातबारे आधिकारीक तथ्यांक नरहेको भैरहवा भन्सार कार्यालयले साउन देखी भने तथ्यांक राख्न शुरु गरेको छ ।

कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आर्थिक बर्षको असोज मसान्त सम्ममा ८ लाख ६४ हजार ७ सय ७३ मूल्य बराबरको ३५ हजार ७ सय ५० किलोग्राम बिभिन्न जातका फूलहरु आयात भएको छ ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री