हरेक क्षेत्रमा समाजवाद उन्मुख कार्यक्रम चाहिने

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्य्मा कुमारी अर्यालले विकास निर्माणमा सक्रिय जनसहभागिता जरूरी रहेको बताएकी छन् ।

काठमाडौं बचत तथा ऋण सहकारी संघ लिमिटेडको सत्रौं स्थापना दिवसको सन्दर्भमा आयोजित ‘बचत तथा ऋण सहकारीहरुको संस्थागत विकासमा सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बिहीवार मन्त्री अर्यालले त्यस्तो बताएकी हुन ।

हामी यहीँ बसिरहेकाले परिवर्तनको अनुभूति गर्न नसकेपनि बाहिरबाट आउनेहरूले केही न केही परिवर्तनको अनुभूति गरेको मन्त्री अर्यालले बताइन । अबको यात्रा भनेको समाजवादउन्मुख यात्रा भएको भन्दै उनले त्यसैले अब हरेक क्षेत्रमा समाजवाद उन्मुख कार्यक्रम चाहिने बताइन ।

मन्त्री अर्यालले सहकारी संस्थाहरु पनि समृद्धिलाई अगाडि बढाउने दिशातर्फ हुनुपर्ने बताइन । ‘तपाइहरूसँग पूँजी र मानवस्रोत पनि प्रशस्त छ । त्यो स्रोतलाई उत्पादनमा, उद्योगमा लगाउनुसु, मन्त्री अर्यालले भनिन, ‘सहकारीसँग धेरै सामर्थ्य छ । सामर्थ्य अनुसार काम गर्नुस् ।’

समृद्धिको यात्रा जनस्तरबाट शुरु गर्ने कार्यको थालनी गर्नुपर्ने भन्दै उनले विकास निर्माणमा सक्रिय जनसहभागीता हुनुपर्ने बताइन । सहकारीको ठूलो मेनपावरलाई ठूला कार्यमा लगानी गरेर जानुपर्ने भन्दै उनले सबैभन्दा बढी गरिब भएका स्थानहरु छानेर सहकारीले गरिबी उन्मुलन कार्यक्रम सञ्चालन गर्नुपर्ने बताइन ।

अहिले पनि १७.७५ गरिब रहनु भनेको ठूलो कुरा भएको भन्दै मन्त्री अर्यालले गरिबी उन्मुलनमा सहकारीको पनि भूमिका हुनुपर्ने बताइन ।मन्त्री अर्यालले केही काम गर्नका निम्ती सहकारी तथा नीजि क्षेत्रलाई कानुनमा रहेका बाधा सरकारले फुकाउने बताइन ।

टिप्पणी थप्नुहोस्