आफैंले बोकेका पटका बिस्फोट हुँदा चार जना घाइते

-राधेश्याम विश्वकर्मा

भैरहवा । अवैध रुपमा भारतबाट पटका ल्याउने क्रममा सोही पटका बिस्फोट हँुदा रुपन्देहीमा चार जना गम्भीर घाईते भएका छन् । घाईते मध्ये एक जनाको अवस्था गम्भीर छ ।

बुधबार भारतबाट पटका लिएर आउँदै गरेका गैडहवा गाउँपालिका –७ सिसवा बस्ने ३२ बर्षिय अशोक यादव गम्भीर घाईते भएका छन् । उनको दुबै खुट्टामा चोट लागेको छ भने अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खडक बहादुर खत्रीले जानकारी दिए ।

यादवको मोटरसाईकलमा रहेको करिब आधा बोरा पटका आफैं बिस्फोट भएको प्रहरीको भनाई छ । पटका बिष्फोट हुँदा पैदल यात्रीहरु लुम्बिनी सांस्कृतिक नगरपालिका–३ बस्ने ७० बर्षिय गुलरही मुसलमान, सोही ठाउँ बस्ने २३ बर्षिय धर्मेन्द्र भुज र हाल नाम थर वतन नखुलेकी अन्दाजी ४०/४५ वर्षीया महिला रहेको प्रहरीले जानकारी दिएको छ ।

घाइते पैदल यात्रुमध्ये दुई जनाको भारतमा र एक जनाको स्थानिय अस्पतालमै उपचार भैरहेको प्रहरीले जनाएको छ ।
तिहारलाई लक्षित गर्दै ब्यवसायिक प्रयोजनकै लागी अहिले भारतबाट अवैध रुपमा पटका जन्य बिष्फोटक पदार्थ नेपाल भित्रिन सक्ने आशंकामा प्रहरीले सुरक्षा ब्यवस्था कडा बनाएको छ ।

तर स्थानिय ब्यापारी एवम अन्य सर्वसाधारणहरु लुकिछिपी यस्ता बिष्फोटक सामाग्री बिभिन्न चोरबाटो हुँदै नेपाल ल्याइरहेका छन् ।

टिप्पणी थप्नुहोस्