सरकार सही दिशामा छ, अब परिणाम देखिन्छ : मन्त्री महासेठ

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकार अहिले सही दिशामा रहेकोले अब परीणाम देखिने स्पष्ट पारेका छन् । उनले अब जनताले देखिनेगरि विकास र समृद्धिको अनुभुति गर्न पाउने पनि सुनाए ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मन्त्री महासेठले भने,‘०७४/०७५ आधार वर्षको रुपमा लियौं, २०७५–०७६ योजना वर्षको रुपमा लिएर अघि बढेका हौं । यो सरकार सबै मोर्चामा प्रत्येक दिन एक कदम अगाडि बढिरहेको छ। यो सरकार गठन भएदेखि हामी एक कदम अगाडि बढिरहेका छौं ।’

साक्षात्कारमा बोल्दै उनले विस्तारै–विस्तारै सरकारले गति लिएको विश्वास दिलाए । मन्त्री महासेठले विकास र समृद्धिको यात्रामा पनि वर्तमान सरकार प्रत्येक दिन एक कदम अगाडि बढेको कुरा दोहोर्याए।

उनले ७७ वटै जिल्लामा सरकारको कामको नतिजा देखिएको सुनाए । उनले थपे,‘पहिले केही काममा बाधा र अड्चन थिए । तर, अहिले त्यो चिजलाई हटाएका छौं । कानूनहरु संशोधन गरेका छौं । काम गर्नेलाई पुरस्कार दिने गरेका छौं । खराब गर्नेलाई कारबाही गरिरहेका छौं ।

मन्त्री महासेठले सुरुङमार्गको शिल्यान्यासको बेलामा आफूले प्रधानमन्त्री केपी शर्मा ओलीको अगाडि उभिएर काठमाडौं उपत्यकाको सडक अवस्था व्यवस्थित् गर्छु भनेर बोलेको पनि सुनाए ।

उनले भने,‘यो आर्थिक मसान्तभित्र काठमाडौं उपत्यकालाई व्यवस्थित् गर्छु । अब काम नगर्नेहरुको दिन गयो । मैले यो कुरा प्रधानमन्त्रीको अगाडि भनेंको छु । अब माघ पनि कुर्नुपर्दैन् । काठमाडौंलाई चाहिने व्यवस्थित् गर्छौं । म त भन्छु हामी काठमाडौं उपत्यकालाई मंसिर, पुसभित्रै सम्पन्न गर्न गैरहेका छौं । तिहार सकिएपछि तपाईहरुले परिवर्तन महशुस गर्नुहुन्छ ।

महासेठले काम नगर्ने निर्माण व्यवसायीहरुलाई मात्रै नभएर राष्ट्रसेवक कर्मचारीहरुलाई पनि त्यहीअनुसार काम गर्न चेतावनी दिएको सुनाए । मन्त्री महासेठले जनताले अब विकासको अनुभुति गर्न सक्ने स्पष्ट पारे

टिप्पणी थप्नुहोस्