स्वास्थ्य परिक्षणका लागि प्रम ओली ग्राण्डीमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल पुगेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी अस्पताल पुगेका हुन् ।

प्रधानमन्त्री कार्यालयले नियमित स्वास्थ्य जाचका लागि ओली अस्पताल पुगेको जानकारी दिएको छ । चिसोका कारणले स्वास्थ्यमा समस्या आएपछि उनी ग्राण्डी अस्पताल पुगेको बताइएको छ ।

प्रम ओली बिहान ९ बजे अस्पताल पुगेका थिए । अहिले उनको स्वास्थ्य परिक्षण जारी छ । परिक्षणको रिपोर्ट आएपछि मात्रै उनी बालुवाटर फर्किने बताइएको छ ।

उनका प्रेस सल्लाहाकार कुन्दन अर्यालले दिएको जानकारी अनुसार उनी नियमित स्वास्थ्य परिक्षण सकेर अस्पताल फर्कने छन् ।

टिप्पणी थप्नुहोस्