सातै प्रदेशका प्रदेश प्रमुख पदमुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सबै प्रदेशका प्रमुख पदमुक्त गरेकी छन् ।

आइतबार नेपाल सरकार र मन्त्रिपरिषदको निर्णयबाट सिफारिस भएअनुसार नेपालको संविधानको १६५ उपधारा (१) को खण्ड (ख) बमोजिम देहायका प्रदेश प्रमुखहरूलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सरकारको सिफारिसमा प्रदेश नम्बर १ मा प्राडा गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश २ मा रत्नेश्वर लाल(कायस्थ), प्रदेश ३ मा अनुराधा कोइराला, गण्डकी प्रदेशमा बाबुराम कुँवर, प्रदेश ५ मा उमाकान्त झा, कर्णाली प्रदेशमा दुर्गा केशर खनाल र प्रदेश ७ मोहनराज मल्ललाई प्रदेश प्रमुखमा नियुक्त गरिएको थियो ।

टिप्पणी थप्नुहोस्