जहाँबाट जसले नेपाली भूमी अतिक्रमण गरेपनि सह्य हुँदैन

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले गुमेको नेपाली भूमी फिर्ता गर्न तत्कालै कुटनीतिक पहल गर्न सरकारसँग माग गरेका छन् ।

आइतबार एक बक्तब्य जारी गर्दै डा. कोइरालाले जहाँबाट जसले नेपाली भूमी अतिक्रमण गरेपनि सह्य नहुने र राष्ट्रिय सहमति अनुरुप गुमेको भूमी फिर्ता गर्न तत्कालै पहल थाल्नुपर्ने उल्लेख गरेका छन् ।

पछिल्लो समय सीमा अतिक्रमण बारे संचारमाध्यमार्फत आएको जानकारीहरुलाई सरकारले गम्भीर अध्ययन गरी समस्याको समाधान गर्नुपर्ने औंल्याए । उनले भनेका छन्–‘नेपाली भूमीमा बाह्य अतिक्रमण कोही पनि नेपालीलाई स्वीकार्य हुनै सक्दैन र यस्तो बिषयमा सम्झौता हुँदैन ।’

नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता र लोकतन्त्रसंग नेपाली कांग्रेसले कोही कसैसंग सम्झौता नगर्ने पनि डा. कोइरालाले बक्तब्यमार्फत जानकारी गराएका छन् ।

टिप्पणी थप्नुहोस्