आध्यात्मिक पर्यटन आवश्यक

लुम्बिनीमा दोश्रो त्रिपिटक वाचन

  • राधेश्याम विश्वकर्मा

भैरहवा । लुम्बिनीमा पर्यटकको आगमन बढाउन महत्वपूर्ण मानिएको त्रिपिटक वाचन बिहिबारदेखि शुरु भएको छ । गत बर्ष भएको पहिलो त्रिपिटक वाचनले लुम्बिनीमा पर्यटक आवागमन बढाएकोले यसले निरन्तरता पाएको हो ।

त्रिपिटकबारे धेरै नेपाली अनभिज्ञ छन । बौद्ध धर्ममा यसको बिशेष महत्व छ । लुम्बिनीमा गत बर्षबाट त्रिपिटक वाचन गर्न लागिएको हो । त्रिपिटक वाचन कार्तिक २८ गते बिहान ७ बजे देखी मायादेवी मन्दिरको उद्यानमा शुरु भएको छ ।

वाचनको उदघाटनगर्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनीमा पर्यटक आगमन वृद्धि गर्न यस्ता आध्यात्मिक गतिविधि महत्वपूर्ण रहेको बताए । उनले अब लुम्बिनीको मात्र नभई बुद्ध संग सम्बन्धित सम्पूर्ण स्थलको विकासको लागि प्रदेश सरकार लाग्ने बताए । कपिलवस्तुको निग्लिहवा र गोटिहवाको विकासको काम प्रदेश सरकारले शुरु गरि सकेको जानकारी मुख्यमन्त्रीले दिए । अहिले सम्म उत्खनन नभएको गौतम बुद्धको अष्टधातु रहेको स्थल रामग्राम, नवलपरासीमा संग्रहालय बनाउने तयारी भई रहेको मुख्यमन्त्री पोखरेलले बताए ।

बुद्धका उपदेशहरु उनको जन्मभूमिमा वाचनगर्ने कार्यले लुम्बिनी पूर्ण रुपमा आध्यात्मिक भएको बिचार लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मैत्रेय)ले बताए ।

अहिले २५ देशका एक हजार भन्दा बढी बौद्ध भिक्षु, भिक्षुणी, उपासक, उपासिका लुम्बिनी आएको आयोजकले बताए । त्रिपिटक भगवान बुद्धले दिएको ज्ञान र शिक्षाको सार संग्रहित ग्रन्थ भएको अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष एवम आयोजक भिक्षु मैत्रीले बताए । अपि धम्मपिटक, सुत्तपिटक, विनयपिटक नामाकरण त्रिपिटक मध्ये अपि धम्मपिटक र सुत्तपिटक भगवान बुद्धकै पालामा लेखिएको हो । विनयपिटक दोश्रो शताब्दी ईशापूर्व सम्राट अशोकको पालामा लेखिएको बौद्ध ग्रन्थ हो ।

बिगत १५ बर्ष देखि भारतमा मात्र भैरहेको यो आध्यात्मिक कार्यक्रमले लुम्बिनीको आध्यात्मिक, सांस्कृतिक महत्व अझ बढाउने र पर्यटकहरुको चहल पहलमा थप टेवा पुग्ने विश्वास गरिएको छ ।

र यो पनि;

उद्घाटनको चटारोमा बिरुवा फाँड्दै मुख्यमन्त्री शंकर पोखरेल ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री