बेजोसलाई पछि पार्दै बिल गेट्स बने संसारकै सबैभन्दा धनी व्यक्ति

काठमाडौं । माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स दुई वर्षपछि फेरी संसारकै सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् ।

१ सय १० अर्ब अमेरिकी डलरका साथ गेट्स संसारकै सबैभन्दा धनी व्यक्ति भएको ब्लुमवर्ग पत्रिकाले उल्लेख गरेको छ ।

गेट्स सन् २०१७ पछि फेरि सबैभन्दा धनीको सूचीमा परेका हुन् । सन् २०१७ मै अमेजनका मालिक जेफ बेजोसले गेट्ससँग यो स्थान खोसेका थिए ।

यसवर्ष भने बेजोसले दोस्रो स्थानमै चित्त बुझाउनु परेको छ । उनीसँग १ सय ९ अर्ब अमेरिकी डलर अर्थात् १ सय २४ खर्ब २६ अर्ब रुपैयाँ सम्पति रहेको छ ।

तेस्रा धनी भने फ्रान्सको एलबीउमएच कम्पनीका मालिक बर्नार्ड अरनाल्ट बनेका छन् । उनीसँग १ सय ३ अर्ब अमेरिकी डलर छ ।

८६ अर्बसहित वारेन बफेट चौथो स्थानमा रहँदा फेसबुकका सिइओ मार्क जुकरबर्ग ७५ दशमलव ५ अर्ब डलर सहित पाँचौ स्थानमा छन् ।

संसारकै धनीको सूचीमा रहेका बिल गेट्स दानीमा पनि हुन् । उनले संसारको स्वास्थ्य सुधारका लागि सन् १९९४ देखि बिल एन्ड मिडिला गेट्स फाउन्डेशन मार्फत दान गर्दै आएका छन् । (एजेन्सी)

टिप्पणी थप्नुहोस्