‘सरकार धाँधली गरेर उपनिर्वाचन जित्ने कोशिसमा छ’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले चीन र भारतको सीमा विवादको कुरा जसरी आएका छन् यसमा सरकारकै कमजोरी मुख्य कारण भएको आफूहरुको ठहर रहेको सुनाए ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै महतले भने,‘जहाँसम्म हाम्रा छिमेकी देशहरुसँगको सम्बन्धको विषय छ, यो अत्यन्तै संवेदनशील र महत्वपूर्ण छ । हामीले आफ्नो राष्ट्रिय स्वार्थलाई केन्द्रविन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्नुपर्छ ।

तर, वर्तमान सरकारले गर्न नसकेको कुरा घामजस्तै छर्लङ छ । उहाँहरु कामभन्दा बढि कुरा गर्नुहुन्छ । काम गर्नुहुन्न । जहाँ कुरा राख्नुपर्ने हो, त्यहाँ राख्नुहुन्न । बाहिर चाहीँ त्यसबारेमा बढाईचढाँई गर्नुहुन्छ । त्यसले गर्दा यो सम्बन्धहरुमा अहिले जटिलता थपिएका छन् ।’

साक्षात्कारमा बोल्दै उनले कालापानी, महाकालीको विषय पूरानो भएको सुनाए । उनले भने,‘नेपाली कांग्रेसको सरकार हुँदा, सुशिल कोइरालाजीले पनि र शेरबहादुर देउवाजीले पनि जहाँनिर यो विषय उठाउनुपर्ने थियो, यो उठाउनु भएकै हो । म परराष्ट्रमन्त्री हुँदा हामीले द्धिपक्षीय सीमा संयन्त्र बनायौं, यसले चाँडोभन्दा चाँडो सीमा विवादको समस्या हल गर्ने कुरा टुँगो लगाउने सहमति भएको हो । त्यो अनुसार यो संयन्त्रले काम पनि अघि बढाएको हो ।’

महतले वर्तमान सरकार बहुमतको सरकार रहेको बताउँदै सत्तामा नहुँदा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेताहरुले राष्ट्रियता ‘हाम्रै काँधमा उभिएको छ’ झैं गरि कुरा गरेको टिप्पणी गरे ।

उनले नेपालको जमिन चीनले पनि अतिक्रमण गरेको भन्ने कुरा पत्रपत्रिकामा आएको उल्लेख गर्दै भने,‘चिनियाँ सरकारको जहाँसम्म सवाल छ, अहिले पत्रपत्रिकामा धेरै ठाउँमा अतिक्रमण भयो भन्ने छ, त्यही महाकालीको सम्बन्धमा पनि भारतसँग सम्झौता गरेको अवस्था छ, यस विषयमा पनि सरकार पटक्कै बोल्दैन् । बरु ढुङो बोल्ला तर सरकार बोल्दैन् । त्यसकारण हामी के भन्छौं भने भारतसँगपनि यो महाकाली लिपुलेकको सम्बन्धमा चाँडोभन्दा चाँडो कुटनीतिक तहमा उच्चस्तरीय वार्तामार्फत तथ्य, तथ्यांक र आधारसहित नेपाल सरकार प्रस्तुत हुनुपर्छ ।’

महतले मंसिर १४ गते हुने उपनिर्वाचनले वर्तमान सरकारलाई सशक्त सन्देश दिने बताए । उनले थपे,‘यो सरकार गठन भएको झण्डै दुई वर्ष भयो, यो अवधिमा सरकारलाई जनताले हेरेका छन् । सरकारमा बस्ने पार्टीका नेताहरुले जनतालाई जुन आश्वासन दिएका थिए । जुन सपना कम्युनिष्ट पार्टीका नेताहरुले बाँडेका थिए, ती कुनैपनि पूरा भएनन् । जनता अहिले निराश छन् ।’

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री