पत्रकारद्वय शिवाकोटी र भण्डारीलाई डिएलएको सम्मान

पोखरा । नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी र युनिमीका महासचिव जीवन भण्डारीलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।

डेमोक्र्याटिक लयर्स एशोसिएशन डिएलएले आफ्नो बार्षीक साधारणसभाको अवसरमा पत्रकारद्धय शिवाकोटी र भण्डारीलाई सम्मानित तथा पुरस्कृत गरेको हो ।

हाम्राकुरा डटकमका सम्पादक शिवाकोटी र राष्ट्रिय समाचार समिति (रासस) का उप–सम्पादक भण्डारीलाई कानुन र न्यायको क्षेत्रमा पत्रकारिता मार्फत महत्वपुर्ण योगदान पुर्याएकाले सम्मानित तथा पुरस्कृत गरिएको डिएलएकी महासचिव लक्ष्मी दाहाल रावलले जानकारी दिए ।

पोखरामा शुक्रबार आयोजित डिएलएको बार्षिक साधारणसभामा नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले पत्रकार शिवाकोटीलाई कानुन पत्रकारिता सम्मान तथा भण्डारीलाई क्रियाशिल युवा न्यायिक पत्रकारिता पुरस्कार प्रदान गरेका हुन ।

साधारणसभाामा देशभरबाट डिएलएका प्रतिनिधीहरु सहभागी थिए । साधारणसभाले पोखरा घोषणा पत्र समेत जारी गरेको डिएलएका उपाध्यक्ष राजु कटुवालले जानकारी दिए ।

प्रजातन्त्रवादी कानुन व्यवसायीहरुको संगठन डिएलएको स्थापना वि.स. २०४७ सालमा वरिष्ठ कानुनविद् स्व। लक्ष्मण प्रसाद अर्यालको नेतृत्वमा भएको थियो ।

टिप्पणी थप्नुहोस्