लिपुलेक र कालापानी समेटिएको नेपालको आफ्नै नक्सा !

काठमाडौं । लिपुलेक र कालापानी विवाद चर्किरहेको बेला नागरिक समाजका तर्फबाट गठन गरिएको सीमा बचाऊ अभियानले लिपियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको छ ।

रिपोर्टर्स क्लबमा आइतबार पत्रकार सम्मेलन गरी नेपालको राजनीतिक नक्सा सार्वजनिक गरेको हो ।

नक्सा तयार गरेको विधिबारे जानकारी दिदै अभियन्ता प्राडा नरेन्द्रराज खनालले विज्ञका हिसाबले नदीको रखांकन गरिएको बताए । डिजीटल एलिभेसन मोडेलबाट रेखांकन गरिएको र नक्सामा काली नदीको मुहानबारे प्रष्ट पारिएको उनले जानकारी दिए ।

नक्सा समितिका विज्ञ कोमल चन्द्र बरालले लिम्पियाधुरालाई पश्चिमी नेपालको सीमा मानेर नक्सा तयार पारिएकाले यसलाई नै विश्वव्यापी बनाउनुपर्ने बताए ।

यस्तै अभियानका संयोजक भैरव रिसालले सुगौली सन्धीको नीति सिद्धान्त अनुसारको नक्सा सार्वजनिक गरिएको र यसको घर घरमा चर्चा हुनुपर्ने बताए । सार्वजनिक गरिएको नक्सा सुगौली सन्धी अनुसारको भएको बताइएको छ ।

टिप्पणी थप्नुहोस्