बाँकेको गनापुरमा बस दुर्घटना, आठ जना घाइते

नेपालगन्ज । काठमाडौंबाट बर्दिया जाँदै गरेको ना ६ ख ६२३१ नम्बरको यात्रुबाहक रात्रीबस बिहीबार बाँकेको गनापुरमा दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।

घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेकोले उनीहरुलाई थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको छ ।

कोहलपुर–नेपालगन्ज सडक खण्डको गनापुरमा मोटरसाईकललाई बचाउने क्रममा अनियन्त्रित भई बस पल्टिदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । घाइतेहरुको नेपालगन्ज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भईरहेको छ ।

दुर्घटनामा परी घाइते हुनेहरुमा राजकोट गाउँपालिका–४ हुम्लाका पूर्णप्रसाद ढकाल, राजापुर नगरपालिका–५ बर्दियाका खडकबहादुर चौधरी, सोही ठाउँ बस्ने अनिमा थारु, एन्जल थारु, मधुवन नगरपालिका २ बर्दियाका रबिन हमाल, बढैयाताल गाउँपालिका २ का सुमन सुनार, राप्तीसोनारी गाउँपालिका १ बाँकेका भक्त डाँगी, तुलसीपुर उपमहानगरपालिका ११ दाङकी बिमला भण्डारी रहेका छन् ।

घाइते मध्ये अनिमा थारु र एन्जल थारुको अवस्था गम्भीर भएकाले थप उपचारका लागि भारतको लखनउ पठाइएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

टिप्पणी थप्नुहोस्