पूर्वराजा ज्ञानेन्द्र घुम्न निस्किए, भैरहवामा भब्य स्वागत

-राधेश्याम विश्वकर्मा

मर्चवार । पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम क्षेत्रको भ्रमणको लागी आइतबार भैरहवा आई पुगेका छन् ।

प्रदेश नम्बर ५ मा रहेका बिभिन्न धार्मिक क्षेत्रको भ्रमण गर्ने र राजनीतिक ब्यक्तित्व तथा सर्वसाधारणसंग भेटघाट गर्ने उद्देश्यसहित पूर्वराजा पश्चिम क्षेत्रको भ्रमणमा निस्किएका हुन् ।

भैरहवा स्थित गौतम बुद्ध अन्र्तराष्ट्रिय बिमानस्थलमा राजा समर्थकहरुको जनसागर नै उर्लिएको थियो ।

“राजा समर्थकहरुले देश बनाउन राजाको खाँचो छ”, “राजा आउ देश बचाउ”, “हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ” लगायतको नारा लगाउदै बिमानस्थलमा पूर्व राजाको भब्य स्वागत गरेका छन् ।

यस्तै भैरहवा बिमास्थलबाट निस्किएका पूर्वराजाको हिड्ने बाटामो पनि नगरवासीले स्वागत गरेका छन् । पूर्वराजाले पनि चोकचोकमा जम्मा भएका आफ्ना समर्थकलाई भेट दिएका थिए ।

एक साता लामो भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्रको बसाई भैरहवाको पाँच तारे होटल टाईगर रिसोर्टमा हुने छ । उनी साताभरी धार्मिक भ्रमण तथा भेट घाटमा ब्यस्त हुनेछन् ।

पूर्वराजाको सचिवालय तथा यस क्षेत्रका भ्रमण कार्यक्रमका संयोजक शक्ति प्रसाद सापकोटाले राजा भैरहवालाई भैरहवा मुकाम बनाएर बस्ने जानकारी दिए ।

यस क्रममा पूर्व राजाले १६ गते सैनामैनामा रहेको पर्रोहा बोलबम धामको भ्रमण गर्नेछन् भने १७ गते मर्चवारमा रहेको मर्चवारी देवीको दर्शन गर्ने उनको सचिवालयले जानकारी दिएको छ ।

१८ गते बसेको होटलमै बिभिन्न ब्यक्तित्वसंग भेटघाट गर्ने कार्यक्रम रहेको छ । यस्तै १९ गते पाल्पाको भगवती मन्दिर र २० गते २० गते कपिलवस्तुको गोरुसिंगेस्थित पशुपति केन्द्रमा जाने कार्यक्रम रहेको छ ।

अन्तिम भ्रमण नवलपरासीको पाल्ही भगवती को दर्शन गरि आइतबार काठमाण्डौं फिर्ता हुने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री