मर्चवारीमाई र हनुमान मन्दिर पुगे पूर्वराजा ज्ञानेन्द्र

-राधेश्याम विश्वकर्मा

भैरहवा । एक साता लामो पश्चिम भ्रमणमा निस्किएका पूर्वराजा ज्ञानेन्द्र शाह मर्चवारीमाईको दर्शन गरेका छन् ।

चिताएका मनोकामना पुरा हुने जनविश्वास रहेको मर्चवारी देवी मन्दिरमा पूर्वराजा पूर्व निर्धारित कार्यक्रम अनुसार नै पुगेका हुन ।

एक हप्ते भ्रमणको क्रममा पूर्वराजा ज्ञानेन्द्र शाह बिभिन्न धार्मिक पूजापाठमा ब्यस्त छन् । मर्चवारीको दर्शन गर्नुको साथै उनले भैरहवामा रहेको हनुमान मन्दिरमा समेत दर्शन गरे ।

मधेस क्षेत्र रहेको मर्चवारमा दोश्रो पटक पुगेको पूर्वराजाले मन्दिरमा मर्चवारीमाई, रामजानकी र मर्चेश्वेर महादेवको आराधना गरेका छन् । उनले मन्दिरमा करिब १५ मिनेट चण्डी पूजा गरेका छन् ।

मन्दिरमा पूजा गर्नाले मनोकामना पुरा हुनुका साथै नेपालको राजनितिज्ञ विशिष्ट व्यक्तिहरुले पूजापाठ गर्नाले सफलता हात लाग्ने गरेको मन्दिरका पूजारी शम्भु शरणदास त्रिपाठीको भनाई छ ।

यस अघि ०६८/६९ सालमा पनि भ्रमणमा निस्किएका पूर्वराजा शाह उक्त मन्दिरमा पूजा गरेका थिए ।

पूर्वराजाको स्वागतमा शुभेच्छुकहरुको भीड लागेको थियो । मर्चवारीमाई मन्दिरमा दर्शनपूजा गरेपश्चात उनी भैरहवा स्थित हनुमान मन्दिरको दर्शन गरेका छन् ।

पूर्वराजा शाहलाई स्वागत गर्दै उनका समर्थकहरुले स्थानीय भाषामै नारा लगाए । आइतबार भैरहवा आएका पूर्वराजा शाह भैरहवालाई मुकाम बनाएर प्रदेश नम्बर ५ का विभिन्न जिल्लाको भ्रमणमा छन् ।

उनी १९ गते पाल्पाको भगवती मन्दिर र २० गते २० गते नै कपिलवस्तुको गोरुसिंगेस्थित पशुपति केन्द्रमा जाने कार्यक्रम रहेको छ । अन्तिम भ्रमण नवलपरासीको पाल्ही भगवतीको दर्शन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ ।

टिप्पणी थप्नुहोस्