मेडिकल बिद्यार्थीको आन्दोलनले परीक्षा प्रभावित

-राधेश्याम विश्वकर्मा

भैरहवा । बिभिन्न ६ बुंदे माग राख्दै मेडिकल शिक्षा क्षेत्रका बिद्यार्थीहरुको आन्दोलन ३४ औं दिनमा पुगेको छ ।

भैरहवा स्थित यूनिभर्स कलेज अफ मेडिकल साईन्सेजका बिद्यार्थीहरुले लगातार २० दिनदेखि रिले अनशन समेत गर्दै आएको छन् । विद्यार्थीको आन्दोलनको कारण आज देखी शुरु भएको परीक्षा समेत प्रभावित भएको छ ।

बिडियस पहिलो बर्ष र मेडिकल कलेजले लिने आन्तरिक परीक्षा बिद्यार्थीको आन्दोलनको कारण प्रभावित बनेको छ । मंगलबार भएको बिडियस प्रथम बर्षको परीक्षामा नियमित तर्फका बिद्यार्थीहरु सहभागी भएनन् ।

उनीहरुले कलेजले बढी लिएको रकम फिर्ता गर्ने लिखित सहमति नगरेसम्म आन्दोलन फिर्ता नलिने र परीक्षामा समेत सहभागी नहुने बताउँदै आएका छन् ।

यस्तै कलेजले लिने आन्तरिक परीक्षा समेत प्रभावित भएको छ । आन्दोलनरत विद्यार्थीहरु डेन्टलतर्फको प्रवेशद्धार नै छेकेर बसी परीक्षा दिन जाने बिद्यार्थीलाई अवरोध गरेका थिए । पछि प्रहरी र कलेज प्रशासनले प्रवेशद्धार सहज बनाए पनि परिक्षार्थीहरु नै परीक्षा दिन नगएकोले आन्तरिक परीक्षा समेत प्रभावित बनेको थियो ।

सरकार र कलेज संचालकहरु बिच भएको वार्तालाई पनि बिद्यार्थीहरुले स्वीकार गरीरहेका छैनन् । वार्तालाई एकपक्षीय भएको आरोप लगाउँदै उनीहरुले कहिलेसम्म फिर्ता गर्ने भन्ने निश्चित समय नभएकाले आफुहरु शसंकित भएको बताउँछन् ।

भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा अध्यनरत बिद्यार्थीहरु नेपाल सरकारले तोकेको शुल्क भन्दा बढी शुल्क लिन नपाईने, कलेजको आन्तरिक परीक्षामा सहभागी हुन नसकेकालाई पनि फाइनल परीक्षामा समावेश गराउनुपर्ने बिद्यार्थीहरुले माग अघि सारेका छन् ।

यस्तै परीक्षा शुल्क त्रिभुवन बिश्वबिद्यालयले २ हजार ५ सय तोके पनि कलेज १० हजार लिने गरेकोमा त्यो पनि सुधार हुनु पर्ने, बिडियस अध्ययनरत बिद्यार्थीलाई कलेजले आफै बिरामी खोज्न दबाब दिई परीक्षा समेत प्रभावित बनाउने गरेको कारण त्यो कार्य रोक्नुपर्ने, ईन्टर्नशिप गर्ने बिद्यार्थीलाई कलेजले त्रिभुवन विश्वबिद्यालयले तोके अनुसारको पारिश्रमिक उपलब्ध गराउनुपर्ने र आन्दोलन अवधीभर नोक्सान भएको कक्षा, हाजिर आदी कलेज प्रशासनले मिलाई दिनुपर्ने बिद्यार्थीहरुले माग राखेका छन् ।

यता कलेजका ब्यवस्थापक कमलराज ढकालले सरकार कलेज संचालक बिच भएको वार्ताबाट सबै समस्याको समाधान भैसकेको हुँदा विद्यार्थीलाई पठनपाठन सुचारु गर्न आग्रह गरे । उनले कुनै बहानामा छोडिएको परीक्षामा बिद्यार्थीलाई सहभागी गराउन नसक्ने बताए ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री