प्रधानमन्त्री ओली अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली एपेन्डिसाइटिसको शल्यक्रियापछि पूर्ण स्वास्थ्यलाभ गरेर त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन सस्थान मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट विहीबार अपरान्ह निवास फिर्ता भएका छन् ।

उनी यही मङ्सिर १० गते एपेन्डिसाइटिसको शल्यक्रियाका निम्ति सेन्टर भर्ना भएका थिए । शल्यक्रियापछि ‘आइसीयु’मै राखिएका प्रधानमन्त्री ओलीलाई त्यहीँबाट डिस्चार्ज गरिएको हो । डिस्चार्जपछि उनी प्रधानमन्त्री निवास बालुवाटार गएका छन् ।

उपचारमा संलग्न चिकित्सकहरुका अनुसार हाल सम्माननीयज्यूको स्वास्थ्यलाभ भएकाले केही दिन आराम गर्ने सुझावसहित उहाँलाई आज मिति २०७६/०८/१९ गतेका दिन अस्पतालबाट डिस्चार्ज गरिएको छ’–अस्पतालद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ

शल्यक्रियापछि प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएपनि थप संक्रमणको जोखिम भएकाले उनलाई आइसीयुमै राखिएको थियो  त्यसअघि, प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबारै दिउँसो २ बजेतिर अस्पताल पुगेकी थिइन् ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री