सामूहिक विद्यालयको खेलकुद महोत्सव सुरु

-राधेश्याम विश्वकर्मा

भैरहवा । सामूहिक विद्यालय परिवार रुपन्देहीको आयोजनामा तीन दिने सामुहिक खेलकुद महोत्सव भैरहवामा सुरु भएको छ ।

महोत्सवको उद्घाटन गर्दै प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले आजका बिद्यालय स्तरका खेलाडीहरु नै भविष्यको राष्ट्रिय स्तरको प्रतिभा भएका यिनिहरुको समुचित विकासमा ध्यान दिनुपर्ने बताए ।

उनले पछिल्लो समयमा संघीय, प्रदेश र स्थानीय सरकारहरुबाट पनि खेलकुदलाई उच्च प्राथमिकतामा राखिएको जिकिर गरे । उनले प्रदेशले सबै स्थानीय तहलाई पालिका स्तरीय खेलकुद मैदानको लागि गत आर्थिक बर्षमा बजेट पनि पठाई सकेको बताए ।

यस्तै प्रदेश सभा सदस्य सन्तोष पाण्डेले खेल र पर्यटनको माध्यमबाट जिल्लालाई प्रदेश, देश नभई अन्तर्राष्ट्रिय स्तरमै परिचित गराउन सक्ने बताए । उनले रुपन्देही जिल्ला सुरुदेखि नै खुलकुदको लागि उर्वर भुमी रहेको हुँदा प्रदेश सरकारलाई यस क्षेत्रमा उचित लगानी गर्न दबाब दिने समेत प्रतिवद्धता जनाए ।

भैरहवा क्षेत्रमा रहेका नीजि विद्यालयहरुको यस संस्थाले स्थापना देखि वार्षिक रुपमा खेलकुद महोत्सव गर्दै आएको र यस पटक संस्थाले १८ आंै संस्करण अन्र्तगत खेल महोत्सव आयोजना गरेको परिवारका अध्यक्ष भरत गिरीले बताए ।

प्रतियोगिता अन्र्तगत पहिलो दिन भएको सिनियर सटपुट छात्रतर्फ युनिक होम्स बोर्डिङ स्कुल, धकधईका विवेक चौधरी प्रथम भएका छन । त्यसैगरी स्पागंल बोर्डिङ स्कुल धकधईकै सचिन सिंह यादव दोस्रो भए । साइग्लोबल सेकेण्डरी स्कुल रियाजुद्दिन खांन तेस्रो भएका छन ।

यता सिनियर सटपुटममै छात्रातर्फ सिवी पब्लिक हाइस्कुल सिद्धार्थनगरकी सुनिता रसाइली प्रथम, युनिकहोम्स बोर्डिङद स्कुल धकधइकी रिता यादव दोस्रो र साईग्लोबल सेकेण्डरी स्कुल सिद्धार्थनगरकी दर्शना खनाल तेस्रो भए ।

त्यसैगरी जुनियर लंगजम्प छात्रतर्फ साइग्लोबल सेकेण्डरी स्कुलका वसिम मोहम्मद प्रथम, युनिकहोम्स स्कुलका तबरे आलम दोस्रो फोलोरल स्कुल ओमसतिया बसन्तपुरका दिवस चाई तस्रो भएको आयोजक संस्था सामुहिक विद्यालय परिवारका सचिव युवराज पोखरेलले बताए । मंसिर २० गते शुक्रबार जुनियर छात्रातर्फको खेल हुने सचिव पोखरेलले जानकारी दिए ।

नीजि विद्यालयहरु बीच आपसी सम्बन्ध कायम गर्ने तथा संस्थामा आबद्ध विद्यार्थीहरुको बौद्धिक, शैक्षिक, सांस्कृतिक, खेलकुद लगायतका प्रतिष्पर्धात्मक क्रियाकलाप गराउनु महोत्सवको लक्ष्य रहेको अयोजकको भनाई छ । महोत्सवमा तीन तहमा विभिन खेलहरु खेलाइनेछ । सव जुनियर, जुनियर र सिनीयर तहमा छात्र/छात्रालाई फरह फरक खेलहरु खेलाइने छ ।

प्रतियोगितामा परिवारमा आबद्ध १७ विद्यालयहरुको सहभागिता रहने खेल संयोजक चुडामणि भुषालले जानकारी दिए । संस्थाले स्थापनादेखि विद्यार्थीहरु बीच हाजिरीजवाफ, वक्तृत्वकला, वादविवाद, निबन्ध लेखन तथा वाचन, कविता लेखन तथा वाचन, स्मरण खेल, चित्रकला, क्रिकेट, भलिबलहरु जस्ता प्रतियोगिताहरु समेत संचालन गर्दै आएको छ ।

स्थानीय सिद्धार्थ रगंशालामा आयोजना गरिएको प्रतियोगिता अघि बिहीबार विभिन्न झांकी सहितको र्‍याली समेत आयोजना गरिएको परिवारका सल्लाहकार एवं पूर्व अध्यक्ष गोकुल पोखरेलले बताए । विजयी खेलाडी, विद्यालयलाई तह गत र विधा अनुसार स्वर्ण, रजत कास्य पदक तथा उत्कृष्ट विद्यालय समूह तथा च्याम्पीयनलाई रनिङ सिल्ड, सिल्ड तथा प्रमाण पत्र प्रदान गरिनेछ ।

टिप्पणी थप्नुहोस्