‘कानुन निर्माण गर्दा तीन तहबीच समन्वय जरुरी’

??

पोखरा । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कानुन निर्माण गर्दा परम्परागत सोचबाट माथि उठ्नुपर्ने बताएका छन् ।

पोखरामा आयोजित अन्तर–प्रदेश सभा अनुभव आदान–प्रदान तथा अन्तक्र्रिया कार्यक्रम बोल्दै अध्यक्ष तिमिल्सिनाले संघ, प्रदेश र स्थानीय तहले नयाँ संविधानको मर्मअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिए ।

संघीयता नेपालका लागि नयाँ भएकाले अभ्यासमा केही चुनौती भएपनि तीन तहको अन्तर समन्वयबाट अगाडि बढे देशको समृद्धिको लक्ष्य हासिल हुने धारणा राखे ।
अध्यक्ष तिमिल्सिनाले तीन तहको अधिकार सूची संविधानले तोकिदिएको बताउँदै अहिले देखिएका समस्या जनप्रतिनिधि तथा कर्मचारीको व्यक्तिगत स्वभाव र मानसिकताका कारण सृजना भएको बताए ।

आफ्नो तहलाई सबल बनाउन र अधिकार बढी प्राप्त गर्न खोज्नु स्वभाविक भएपनि जनप्रतिनिधिले देशको हित र विधि स्थापनाका लागि काम गर्नुपर्ने अध्यक्ष तिमिल्सिनाले बताए ।

छलफल कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले तीन तहलाई सक्रिय बनाउन नसकेसम्म संघीयताको कार्यन्यन जटिल हुने बताए ।

त्यसैगरी गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले तीन तहबीच कानुन निर्माणमा समन्वय हुन जरुरी रहेको बताए ।
राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दहालले राष्ट्रिय सभा प्रदेश र स्थानीय प्रतिनिधिको पनि प्रतिनिधिमुलक सभा भएकाले प्रदेश र स्थानीय तहसँग समन्वय गरेर अगाडि बढ्ने बताइन ।

कार्यक्रममा प्रदेश सभाका सभामुख तथा उपसभामुखले सभा सञ्चालन गर्दाका अभ्यास, अनुभव र चुनौतीबारे आ–आफ्नो धारणा राखे ।
त्यसैगरी संविधान सभा अध्यक्ष तथा नेकपा संसदीय दलका उपनेता सुवास चन्द्र नेम्वाङले सभा सञ्चालनको अवसर, चुनौती र अनुभव बारे धारणा राखे ।

टिप्पणी थप्नुहोस्