ट्रकले विद्यार्थी किचेपछि कोहलपुर तनावग्रस्त, प्रहरी कार्यालय घेराउ

-सिराज खान
नेपालगन्ज । बाँकेको कोहलपुरमा आइतबार बिहान विद्यालय जाँदै गरेकी एक छात्रालाई ट्रकले किचेर गम्भीर घाइते बनाएपछि शुरु भएको विद्यार्थी आन्दोलनका कारण कोहलपुर तनावग्रस्त बनेको छ ।

कोहलपुर वडा नं. १० मा रहेको त्रिभुवन माविमा अध्ययनरत छात्रा प्रकृती चन्दलाई कोहलपुरबाट नेपालगन्ज आउँदैै गरेको ना२ख ९४५९ नम्बरको ट्रकले किचेको थियो । घटनामा चन्दको दुबै खुट्टा पूर्ण रुपमा पिल्सीएका छन भने उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घटनापछी आक्रोसित भएका स्थानीय विद्यार्थी तथा अभिभावकहरुले दुर्घटना गर्ने ट्रक जलाइदिएका छन् अन्य चारवटा सवारी साधनमा तोडफोड गरेका छन् । आन्दोलनकारीहरु नाराबाजी गर्दै कोहलपुर बजार बन्द गराएर ईलाका प्रहरी कार्यालय घेराउ समेत गरेका छन् ।

प्रहरी र विद्यार्थीहरु बिच कोहलपुरको विभिन्न ठाउँमा झडप र भिडन्त भएको छ । सोही भिडन्तका कारण अहिले कोहलपुर रणभुमिमा परिणत भएको छ । स्कुले विद्यार्थीहरुलाई दवाउन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रहरीले चलाएको गोली लागेर एक विद्यार्थी घाईते भएका छन । भिडलाई नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन बढी हवाई फायर गरेको थियो ।

सोही क्रममा एक विद्यार्थीलाई रबरको गोली लागेको छ भने एक दर्जन बढी विद्यार्थी घाईते भएका छन । घटनामा आधा दर्जन बढी प्रहरी समेत घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

आन्दोलित विद्यार्थीहरुले अहिले पनि ईलाका प्रहरी कार्यालय कोहलपुर घेराउ गरेका छन । प्रहरी कार्यालय नै घेराबन्दीमा परेपछि प्रहरीले निरन्तर हवाई फायर गरिरहेको छ । ट्रक चालकलाई भने प्रहरीले आन्दोलनकारीबाट बचाएर आफ्नो नियन्त्रणमा लिएको छ ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री