भैरहवामा सामाजिक बिकास डिभिजन कार्यालय स्थापना

भैरहवा । नवलपरासी र रुपन्देही जिल्ला कार्यक्षेत्र रहनेगरी प्रदेश ५ सरकारले भैरहवामा सामाजिक विकास डिभिजन कार्यालयको स्थापन गरेको छ ।

एक कार्यक्रमका बिच मंगलबार प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले उक्त कार्यालयको उदघाटन गरे ।

शिक्षा र सामाजिक बिकासमा एकिकृत रुपमा काम गर्ने उद्देश्यले अहिले प्रदेश सरकार प्रदेशका बिभिन्न स्थानमा यस्तो सामाजिक बिकास डिभिजन कार्यालयहरु सञ्चालनमा ल्याएको छ । यसै क्रममा भैरहवामा पनि दुई जिल्ला संयुक्त रुपमा हेर्नेगरी छैठौं कार्यालयको स्थापना गरिएको हो ।

कार्यालय उदघाटन कार्यक्रममा बोल्दै सामजिक विकास मन्त्री सुर्दशन बरालले कार्यालय स्थापनाको रुपमा मात्र नभई सेवा प्रवाहलाई केन्द्रमा राखेर काम गर्न कर्मचारीलाई निर्देशन दिए ।

यस्तै कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेले सहयोगले मात्र नभई दायित्व बुझेर काम गर्न आग्रह गरे ।

अहिले सामाजिक विकास मन्त्रालयले सामाजिक विकासतर्फ ३ करोड १३ लाख रुपैयाँ बजेट विनियोजन गरेको सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख शारदा बस्यालले बताइन । उनले यसअघि कर्मचारीको अभावमा काम गर्न केही कठिनाई रहेपनि अहिले स्थापना भएका कार्यालयहरुले केही सहजता ल्याउने बताइन ।

उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागी सामुदायिक क्याम्पसहरुको पूर्वाधार, सूचना तथा संचार प्रविधि, पुस्तकालय, फर्निचर आदिमा सहयोग पु¥याउने प्रभावकारी कार्यान्वयन गर्न, महिला हक हित, महिला शशक्तिकरण र लैंगिक समानता सम्बन्धि कार्यक्रमहरु गर्नेगरी साविकको शैक्षिक तालिम केन्द्रमा डिभिजन कार्यालय स्थापना भएको डिभिजन प्रमुख दिवाकर भण्डारीले जानकारी दिए ।

टिप्पणी थप्नुहोस्