संघीय समाजवादी सिद्धार्थनगर अध्यक्षमा अर्जुन जयसवाल

भैरहवा । संघीय समाजवादी पार्टी र र नयाँ शक्ति पार्टीको समायोजन भई सिद्धार्थनगर नगर कार्य समितिमा अर्जुन जयसवालको अध्यक्षतामा ५१ सदस्यीय नया कार्य समिति चयन भएको छ ।

कार्यसमितिको सिद्धार्थनगर ईन्चार्जमा बैजनाथ (बियन) गुप्ता रहेका छन् भने सहईन्चार्जको रुपमा मिना विश्वकर्मालाई चयन गरिएको छ ।

साविकको दुवै पार्टीका नेताहरुको बसेको बैठकले पार्टी समायोजन गरी नगर कमिटीको चयन गरेको हो । चयन भएको कार्यसमितिको उपाध्यक्षमा रविना भण्डारी, गोपाल खनाल र उमेश अग्रहरी चयन भएका छन् । यस्तै सचिव राम मिलन यादव र सहसचिवहरुमा राम किसन विक र मनोज अग्रहरी तथा कोषाध्यक्षमा जावेद आलम चयन भएको नगर सचिव राममलिन यादवले जानकारी दिए ।

कार्यसमिति सदस्यहरुमा भने राजु विश्वकर्मा, ज्ञयासुद्दिन पठान, लक्ष्मी गुरुङ्ग अजीद अली अंसारी धोबी, राजु बस्नेत, दिपेश विक दुर्गा केसी, सरिता विक, कृष्ण बानियाँ, गिता सिंह रहेका छन् ।

यस्तै प्रेम कुमार शर्मा, सन्त प्रसाद कुर्मी, नागेन्द्र मौर्य, ज्ञानराज पाण्डे, पंकज पाण्डे, सुमित जयसवाल, अनिल यादव, गिता जयसवालm नितु शर्मा, रामसेवक कुर्मि, कुन्ज विहारी, जितेन्द्र पाण्डे, बिनोद अग्रहरी, रिषी कालीकोटा, वकिल मुसलमान, राजु सहानी र राजु धवल रहेको छन् ।

टिप्पणी थप्नुहोस्