भैरहवामा एकै दिन तीनवटा ब्यापारिक प्रतिष्ठान संचालनमा

-राधेश्याम विश्वकर्मा

भैरहवा । केही बर्षअघिको र अहिलेको भैरहवामा निकै अन्तर आएको छ । गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्धारा, अन्र्तराष्ट्रिय बिमानस्थल, बिशेष आर्थिक क्षेत्र, बेलहिया–बुटवल ६ लेनको बाटो, तिव्र औद्योगिकरण जस्ता केही उदाहरण मात्र हुन भैरहवाको समृद्धिको ।
यी सबै सभावनाहरुलाई हेर्दै अहिले भैरहवा क्षेत्रमा लगानी गर्नेको ओईरो लागेको छ । देशभरिका उद्योगी व्यापारीको नजर अहिले भैरहवातर्फ केन्द्रित भएको छ ।

विहीबार भैरहवामा तीनवटा ब्यापारिक प्रतिष्ठानले आफ्नो ब्यवसाय संचालन गरेका छन् । भाटभटेनी सुपर मार्केट, मौर्या होटल र सिद्धि बिनायक अटो ईन्टरनेशनल एकैदिन संचालनमा आएका हुन् । विहीबार नेपालकै ठूलो चेन सुपरमार्केट भाटभटेनीको १७ औं स्टोर यहाँ शुभारम्भ भएको छ । स्टोरका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिन बहादुर गुरुङ्गले उदघाटन गरे ।

नेपाल भारतको सिमामा पर्ने भैरहवामा स्टोर संचालनमा ल्याउन सफल भएको बताउँदै स्थानीयबाट सकारात्मक प्रतिक्रिया आएको स्टोरका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिन बहादुर गुरुङले बताए । गौतम बुद्धको पवित्र जन्मस्थल र भविष्यको उच्च ब्यपारिक केन्द्र रहेको मूल्यांकन गर्दै यहाँ भाटभटेनीको १७ औं शाखा विस्तार गर्न पाउँदा खुशी लागेको बताए ।

एक अर्व भन्दा बढी लगानी रहेको भाटभटेनी सुरु भएपछि स्थानिय पनि उत्साहित छन् । संचारकर्मी तथा पर्यटनविद चेतन पन्तले भाटभटेनीले बजारको आधुनिक परिपाटीमा नै परिवर्तन ल्याउने बताए ।

विहीबार देखी नै संचालनमा आएको होटल मौर्य भैरहवा क्षेत्रकै ठूलो होटल मध्येको एक हो । यस क्षेत्रमा बढ्दो पर्यटनको संभावना र ब्यापारलाई हेर्दै ब्यवसायीक कारोबार गर्दै आएका राम बहादुर कोईरीको ५० करोडको एकल लगानीमा होटल मौर्या संचालनमा आएको हो ।

भैरहवाको नयाँ सडकमा रहेको ६ तल्ले होटलको सबैभन्दा माथी प्रेसिडेन्सीयल रुम रहेको छ । तातो, चिसो पानीसहितको जकुजी सेवा रहेको यो कोठा अति विशिष्ठ ब्यक्तिहरुको लागि उपयुक्त रहेको छ । होटलमा १० वटा सुईट र ४३ वटा सुपर डिलक्स गरी जम्मा ५३ कोठा रहेको छ ।

करिब सात कठ्ठा क्षेत्रफलमा फैलिएको यस होटलमा ५० जनाले रोजगार पाएको छन् । प्रदेश ५ सरकारको लुम्बिनी भ्रमण बर्ष र नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरि होटलका ग्राहकलाई बिशेष सुविधाहरु प्रदान गर्ने होटलका संरक्षक राम बहादुर कोइरीले बताए । उनले बिशेषगरी भारतीय पर्यटकलाई लक्षित गरि होटल संचालनमा ल्याईएपनि स्थानीय कर्पोरेटहरुका लागी पनि बिशेष सुविधामा होटल उपलब्ध गराउने बताए ।

होटलको उदघाटन गर्दै पूर्व मन्त्री टोप बहादु रायमाझीले ब्यापार ब्यक्तिको मात्र नभई यसले समग्र देशकै आर्थिक बिकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । यसले राष्ट्रलाई पर्यटन र आर्थिक पूर्वाधारका बिषयमा महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।  यस्तै विहीबार नै स्याकार टे«डीङ्ग कम्पनी प्राली अन्र्तगत होण्डा टु व्हिलर भैरहवाका लागि आधिकारी डिलर रहेको सिद्वि विनायक अटो ईन्टरनेशनल प्रालीले सेल्स सर्भिस र स्पेयर पार्टसको आधिकारीक डिलर शुभारम्भ गरेको छ ।

३ करोड ५० लाख बढीमा निर्मित सोरुम साथै प्रालीमा प्रर्याप्त स्टक, डिसप्ले, पार्किङ्ग, सर्भिसका लागी प्रशस्त पार्टस स्टक, सुविधा सम्पन्न ग्राहक वैठक कक्ष, आधुनिक प्रविधीको सवारी साधनका लागी सोही किसिमको प्रविधीयुक्त टुल्स औजार तथा दक्ष मेकानिक्स रहेको यसको संचालकको भनाई छ ।

ग्राहक लक्षित भौतिक संरचना तथा साधन स्रोत सहित बजारमा आएको प्रालीका सञ्चालक सुनिल कसजुले बताए । शुभारम्भको कार्यक्रममा स्याकर ट्रेडिङ कम्पनीका अध्यक्ष सौरभ ज्योतीले मोटरसाईकल बेच्ने मात्र नभई ग्राहकको सन्तुष्टि नै आफ्नो प्राथमिकतामा रहेको बताए ।

टिप्पणी थप्नुहोस्