हत्या अभियोगमा ७० बर्षीय बृद्ध पक्राउ

भैरहवा । रुपन्देही प्रहरीले ११ बर्ष अघि एक युवाको हत्या गरि फरार रहेका ७० बर्षिय बृद्धलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले २०६५ सालमा तत्कालीन मर्यादपुर गाविस–५ बस्ने २० बर्षिय सन्तोष लोनियाको हत्या आरोपमा सोही ठाउँ बस्ने ७० बर्र्षिय हमिद धुनियालाई पक्राउ गरेको हो ।

मिति २०६५ असोज ६ गते सन्तोष मृत अवस्थामा फेला परेको र निजका बाबु शंकर लोनियाले धुनिया बिरुद्ध किटानी जाहेरी दिएका थिए ।

जाहेरीको आधारमा मुद्दा अनुसन्धान भई २०६७ कात्र्तिक १५ गते रुपन्देही जिल्ला अदालतले धुनियालाई २० बर्ष कैद सजाय हुने फैसला गरेको प्रहरी प्रवक्ता खडक बहादुर खत्रीले जनाए ।

बिगत ११ बर्ष देखी फरार रहेका धुनिया सीमा क्षेत्रमा लुकिछिपी बस्दै आएका थिए । यसै क्रममा प्रहरीले सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी मर्यादपुरबाट खटिएको टोलीले नेपाल भारत सीमा नजिकबाट मंसिर २१ गते पक्राउ गरेको खत्रीले बताए ।

उनले पक्राउ परेका धुनियालाई रुपन्देही जिल्ला अदालतमा पेश गरिएकोमा उनी कारागार चलान भएको जानकारी दिए ।

टिप्पणी थप्नुहोस्