रुपन्देहीमाथि १३ रनले युएई विजयी

भैरहवा । संयुक्त अरब ईमिरेटस् (युएई)बाट १३ बर्ष मूनिका(यू–१३) क्रिकेट खेलाडी रुपन्देही पुगेका छन् । शनिबार भैरहवामा आयोजित रुपन्देहीका १३ बर्ष मूनिको खेलाडीसंग भएको मैत्रीपूर्ण खेलमा युएईको टोलीले ३३ रनको जित निकालेको छ ।

युएइको डेजर्ट कब्स क्लबका १३ बर्ष मुनिका खेलाडी भैरहवा आएसंगै शनिवार भैरहवाको सिद्धार्थ रंगशालामा भएको पहिलो मैत्रीपुर्ण खेलमा पाहुना टोली विजयी भएको छ ।

पहिले ब्याटिङ गरेको युनाइटेड अरब इमिरेट्स (युएइ) को डेजर्ट कब्स क्लबका खेलाडीले निर्धारित २५ ओभरमा ४ विकेट गुमाउदै १ सय ९२ रन बनाएका थिए । १ सय ९३ रनको लक्ष्य पाएको रुपन्देहीको १३ बर्ष मुनिका खेलाडीले लक्ष्य पछ्याउने क्रममा २५ ओभरमा ७ विकेट गुमाउदै १ सय ५९ रनमा समेटिन पुगे ।

शनिवारबाट शुरु भएको मैत्रिपुर्ण खेलले रुपन्देही र युएईका १३ बर्ष मुनिका खेलाडीहरुको बिकासमा सहयोग पुग्ने रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लको भनाई छ ।

प्रतियोगिता तीन दिन संचालन हुने उनले जानकारी दिए । शनिवार र आइतवार हुने खेल २५–२५ ओभर गरेर दुईवटा हुनेछ भने सोमवार अन्तिम दिनको खेल एउटा ५० ओभरको हुनेछ ।

टिप्पणी थप्नुहोस्