ओलीले राजदूत पुरीलाई दिए करुवा उपहार, देउवाले गराए भोज

काठमाडौँ । नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी आफ्नो कार्यकाल सकिएर स्वदेश फर्कनुअघि विदाइ भेटमा ब्यस्त छन् ।

सोमबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास पुगेर विदाइ भोज गरेका पुरी मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिदाइ भेट गरेका छन् ।

बालुवाटार पुगेर राजदूत पुरीले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । बिदाइ भेटका अवसरमा प्रधानमन्त्री ओलीले राजदूत पुरीलाई करुवा उपहार दिएका थिए ।

साथै भेटका क्रममा नेपाल भारतबीचको सम्बन्ध छलफल भएको थियो । यही पुस १५ गते भारत फर्किन लागेका पुरीले देउवासँगको भेटका क्रममा अन्य नेताहरुसँग पनि भेटेका थिए ।

देउवा निवासमा कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, सहमहामन्त्री प्रकास शरण महत लगायत नेताहरु पनि सहभागी थिए ।

टिप्पणी थप्नुहोस्