दुई हजार रुपैंयाँ घुससहित अदालतका कर्मचारी अख्तियारको नियन्त्रणमा

-राधेश्याम विश्वकर्मा

भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले घुस रकमसहित रुपन्देही जिल्ला अदालतका दुईजना कर्मचारीलाई रंगेहात पक्राउ गरेको छ ।

रुपन्देही जिल्ला अदालतमा कार्यारत लेखापाल विनोद शर्मा र नायब सुब्बा बुद्धि प्रसाद न्यौपानेले सेवाग्राहीबाट दुई हजार घुस लिंदैगर्दा अख्तियारको टोलीले नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलका प्रवक्ता सुरेश भुषालले जानकारी दिए ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ मा रहेको एक खाजाघरबाट साँझको ६ बजे दुवै जनालाई नियन्त्रणमा लिइएको उनले बताए । अख्तियारको नियन्त्रणमा रहेको दुवै कर्मचारीमाथि अनुसन्धान भई रहेको भुषालले बताए ।

टिप्पणी थप्नुहोस्