सभामुखका लागि नेकपाभित्र रस्साकस्सी

  • संवाददाता

पुस ११ गते शुक्रबारदेखि शुरु हुने भनिएको संसदको बैठक पुस १६ गतेका लागि सारिएको छ । यसको मुख्य कारण सभामुखको निर्वाचनमा माओवादी पक्षसंग सहमति बन्न नसक्नु थियो । यो बीचमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय जनता पार्टीका अध्यक्ष राजेन्द्र महतोसंग दुइबूँदे सहमति गरेका छन । यसले गर्दा एकातिर संघीय समाजवादी पार्टी प्रतिकूल राजनीतिक स्थितिमा फँसेको छ भने अर्काेतिर समाजवादी पार्टीले सरकार छोडेको अवस्थामा दुइतिहाइको हैसियत गुमाएकोछ । सरकारमा प्रवेश गरेदेखि नै उप प्रधानमन्त्री तथा स्वास्थ्य मन्त्रीको पदमा नियुक्त भएका पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पछिल्लो पुनर्गठनमा स्वास्थ्यबाट हटाएर कानून तथा न्याय मन्त्रीको कार्यभार दिइएको थियो । अहिले यादवले पदबाट राजिनामा दिएर नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारसंग सम्बन्ध तोडी सकेका छन ।

अहिलेका लागि, संसदको बैठक शुरुहुने बित्तिकै सभामुखको चयन पहिलो प्राथमिकतामा पर्नेछ । सभामुख कृष्णबहादुर महरालाई स्खलित गराएपछि खाली हुन आएको सभामुख पदका लागि हुने निर्वाचनको पूर्वाभ्यास निकै रोचक हुने देखिएकोछ । निर्वाचनमा नेकपाभित्रको एमाले पक्षले सुवास नेम्बांगलाई सभामुखमा उठाउन खोजेका छन भने माओवादी पक्षले अग्नि सापकोटालाई सभामुखको उम्मेदवारका रुपमा अघि सारेका छन । सभामुख पदका प्रत्याशीका रुपमा उप सभामुख शिवमायाँ तुम्बाहाम्फेले आफनो दावी छोडेकी छैनन ।

सुवास नेम्वांग अहिलेको सरकार चलाउने ‘एलिट समूह’का शक्तिशाली सदस्य मानिन्छन । सुवासलाई सभामुख बनाउनका लागि नै ‘एलिट समूह’ ले सभामुखका लागि योग्य हुँदाहुँदै पनि उप सभामुख तुम्बाहाम्फेलाई किनारा लगाएको चर्चाछ । तर, सुवासका बिरुध्द माओवादी पक्षका प्रखर नेता अग्नि सापकोटाको उम्मेदवारी नेकपा भित्रको एलिट समूहका लागि उत्तिकै गह्रुंगो साबित भएको छ । नेकपाका अध्यक्ष प्रचण्ड सापकोटाको नाममा कुनै सम्झौतागर्ने मूडमा देखिएका छैनन । एकताको बेलामा नै माओवादी पक्षको हिस्सामा राखिएको पद छाडन माओवादी तयार देखिएको छैन । एक माओवादी नेताका अनुसार, ‘घटनाक्रम जसरी अगाडि बढे पनि हामी सभामुख पद छाडन तयार छैनौ ।’
परिणामकाबारे अहिले नै यसै भन्न सकिने अबस्था नभएपनि नेकपाका भित्र सभामुख चयनको प्रश्नले निकै ठूलो बिबाद सिर्जना गरेको छ । यसपटक वामपन्थीहरुका बीच दिग्गज भनेर चिनिने वकील साहेबको शीरमा सभामुखको ताज सजिने हो कि होइन ? यसै भन्न सकिर्दैन ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री