एक लाख बढीको अवैध मोविल बरामद

-राधेश्याम विश्वकर्मा

भैरहवा । शसस्त्र प्रहरीले भारतबाट अवैध रुपमा ल्याउदै गरेको मोबिल बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३६ गुल्म हेक्वा राजश्व तथा भन्सार सुरक्षा गस्ती रुपन्देहीले बुलेट मोटरसाइकलमा प्रयोग हुने दुईसय लिटर (दश कार्टुन) मोबिल बरामद गरेको हो । सशस्त्र प्रहरी निरीक्षक दयाराम पौडेलको कमाण्डमा खटिएको गाडी मोबाइल टोलीले चेकजाँच गर्ने क्रममा बिहीबार उक्त मोबिल बरामद गरेको शसस्त्र प्रहरीले जानकारी दिएको छ ।

चेकजाँच गर्ने क्रममा भारतबाट भन्सार छली अवैध रुपमा चोरी पैठारी गरी नेपालतर्फ ल्याउँदै गरेको पाइएपछि सिद्धार्थनगर नगरपालिका–१ स्थित डण्डाबाट मोबिल बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक मान बहादुर शाहीले बताए ।

बरामद गरिएको मोबिलको भन्सार मुल्य १ लाख ४ सय रहेको शाहीले जानकारी दिए । उनले बरामद गरिएको मोबिल थप कार्यवाहीको लागी भैरहवा भन्सार कार्यालय पठाईएको बताए ।

टिप्पणी थप्नुहोस्