शिक्षकको कुटाईबाट विद्यार्थीको आँखामा चोट, विद्यालय पनि अवैध

भैरहवा । रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा शिक्षकको कुटाईबाट ५ कक्षामा अध्ययनरत एक बिद्यार्थी गम्भीर घाईते भएका छन् ।

गृहकार्य नगरेको र शिक्षकलाई नटेरेको निहुँमा सम्मरीमाई गाउँपालिका– ६ मा रहेको ज्ञानदिप बोर्डिङ्ग स्कूलका शिक्षक शैलेन्द्र बरईले ५ कक्षामा अध्ययनरत् बिद्यार्थी तौफिक धुनियालाई कुटपिट गरेका हुन् । बरईले दिएको होमवर्क विद्यार्थी धुनियाले नगरेपछि बिद्यालय जाँदा उनीमाथी कुटपिट गरिएको परिवारले जनाएको छ ।

शिक्षकको कुटाईबाट १० बर्षिय बालक धुनियाको बाँया आँखामा गम्भीर चोट देखिएको छ । ज्ञानदिप बोर्डिङ्ग स्कूलका प्राचार्य सुरेन्द्र बरईका अनुसार ५ कक्षामा अध्ययनरत् धुनिया शिक्षकको कुनैपनि कुरा मान्दैनथे । शिक्षकलाई अटेरी गरेको र होमवर्क नगरेको कारण शिक्षकले उनलाई सामान्य ‘तर्साएको’ उनको दावी छ ।

यता आखाँमा चोट लागेका बिद्यार्थी धुनियाँको उपचार स्थानिय स्तरमा सम्भव नभएपछि थप उपचारको लागी भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा ल्याईएको धुनियाका बाजे मोहम्मद हुसेन धुनियाले बताए ।

विद्यार्थी कुट्ने विद्यालय पनि अवैध रुपमा संचालन भइरहेको पाईएको छ । कक्षा ४ सम्मको मात्र अनुमति लिएको भए पनि सो विद्यालयमा ४ कक्षा भन्दा माथि पनि कक्षाहरु सञ्चालन भई रहेको स्थानिय पत्रकार जैस मोहम्मद खाँनले जानकारी दिए । विद्यालयका प्राचार्य सुरेन्द्र बरईले थप कक्षाहरु सञ्चालन गरेको स्विकार गर्दै थप कक्षाको लागी स्थानिय निकायहरुबाट अनुमति प्रक्रियामा गएको दावी गरे ।

विद्यार्थी कुट्ने शिक्षक बिरुद्ध ईलाका प्रहरी कार्यालय मर्चवारमा उजुरी दिन गएपनि अहिलेसम्म उजुरी दर्ता भने भएको छ्रन । कार्यालयमा प्रमुख प्रहरी निरिक्षक पोषणराज ढकालले अहिले घाईते उपचारकै क्रममा रहेकोले उपचारमा ध्यान दिन आग्रह गरिएको बताए । उनले प्रक्रिया पु¥याएर उजुरी आए सो दर्ता गरि थप कारवाही अगाडी बढाउने बताए ।

टिप्पणी थप्नुहोस्