मोरङ प्रहरीको सक्रियता: ८ थान चोरीका मोटरसाइकल बरामद

रुपान्तरण संवाददाता

विराटनगर । गत पुष ११ गते मोरङ सुन्दर हरैचा नगरपालिका ६ का दीपेन्द्र राईको स्कुटर चोरी भयो । राखेकै ठाँउबाट स्कुटर हराएपछि राईले यता उता खोजी गरे । तर स्कुटर फेला पर्न सकेन । त्यसपछि उनले प्रहरीलाई खबर गरे ।

चोरीको घटना बढ्न थालेपछि सक्रिय बनेको प्रहरीले मोरङका बिभिन्न स्थानबाट बिभिन्न समयमा हराएका ८ थान मोटरसाईकल सहित चोरीमा संलग्न दुईजना लाई पक्राउ सफल भएको छ ।

राईको हराएको स्कुटरको खोजी गर्ने क्रममा ईलाका प्रहरी कार्यलय बेलबारीले राईको नाममा दर्ता रहेको को १४ प ८४४९ नम्बरको स्कुटर सुन्दर हरैचा १ गोठगाँउका सन्तोष खत्रीको साथबाट फेला पारिएको प्रहरीले जनाएको छ ।

प्रहरीले गरेको पत्रकार सम्मेलनमा खत्रीको सूचनाका आधारमा को ३ प २२१७ नम्बरको मोटरसाईकल, पार्टपुर्जा र खोलिएको मोटरसाईकलको ईन्जिन १ थान समेत गरी ४ थान मोटरसाईकल बरामद भएको जनाइएको छ । ती सवारी साधानहरु बिभिन्न स्थानबाट चोरी गरिएको प्रहरीको भनाई छ ।

मोरङका प्रहरी उपरीक्षक बिश्व अधिकारीले मोटरसाईकल चोरीमा संलग्न सुन्दरहरैचा ७ का निश्चल श्रेष्ठ र रोजिश राईलाई समेत पक्राउ गरिएको जानकारी दिए ।

सुन्दरहरैचा ५ बाँसबारीस्थित संगम गुरुङको घरबाट मंसिर २१ गते राति चोरी भएको को ३५ प २२७३ नम्बरको २ सय सिसिको पल्सर मोटरसाईकल चोरीमा संलग्न दुईजनालाई पक्राउ गरी अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

टिप्पणी थप्नुहोस्