नेपाल टेलिकम सुपर क्रिकेट लिगः ज्ञानोदय गोल्डस बिजयी

भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा शुक्रबारदेखि नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

दोस्रो दिन डिभिजन (बी) अन्तर्गत भएको खेलमा ज्ञानोदय गोल्ड्सले बुटवल युथ स्पोर्टसलाई ६ विकेटको फराकिलो अन्तरले हराएको छ ।

टस जितेर ब्याटिङ गरेको बुटवल युथ स्पोर्टसले ३८ ओभरको खेलमा २४ दशमलव २ ओभरमा आफ्ना सबै १० विकेट गुमाउदै १ सय ४ रन बनाएको थियो ।

बुटवलका लागी कृष्ण गिरीले सर्वाधिक ३८ र विनित पौडेलले १६ रन बनाएका थिए । ज्ञानोदयका लागी कृष्ण भुसाालले ७ ओभरमा २७ रन दिएर सर्वाधिक ३ विकेट लिएका थिए । यस्तै अशोक मौर्या र विवेक यादवले समान २/२ विकेट लिएका थिए ।
१ सय ५ रनको विजयी लक्ष्य पाएको ज्ञानोदयले २३ ओभरमा आफ्ना ४ विकेट गुमाउदै विजयी भएको हो । ज्ञानोदयका लागी सरोज भुसालले २६ र कृष्ण भुसालले अविजित २३ रन बनाएका थिए । बुटवल स्पोर्टसका विनित पौडेलले २ विकेट लिएको थिए ।

३ विकेट लिएर २३ रन बनाएका कृष्ण भुसाल म्यान अफ द मैच घोषित भएको रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त बिक्रम मल्लले जानकारी दिए । नेपाल टेलिकमको प्रायोजन, विके ज्वेलर्स भैरहवाको सह–प्रायोजन, प्रदेश ५ सामाजिक विकास मन्त्रालय र सिद्धार्थनगर नगरपालिको रुपन्देहीको सहयोगमा संचालित प्रतियोगिता माघ १८ गतेसम्म संचालन हुने रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए ।

प्रतियोगितामा प्रथम हुनेलाई ८० हजार, द्धितीय हुनेलाई ४० हजार, म्यान अफ सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र इमरजिङ प्लेअरलाई ५/५ हजार प्रदान गरिने रुपन्देही क्रिकेट संघले जनाएको छ ।

टिप्पणी थप्नुहोस्