नयाँ योजनाका साथ कृषिमा अगाडी बढछौं: मन्त्री भुषाल

भैरहवा । कृषि तथा पशुपंक्षी मन्त्री घनश्याम भुषालले कृषि क्षेत्रमा नयाँ योजनाका साथ कृषि क्षेत्रमा अगाडी बढ्ने बताएका छन् । उनले अहिले बिद्यमान रहेको पराम्परागत कृषि प्रणालीलाई भत्काउँदै नयाँ योजना र कार्यक्रमका साथ अगाडी बढ्ने बताएका हुन ।

रुपन्देहीको सियारीमा सुरु भएको मत्स्य, कृषि तथा माघी महोत्सवको उदघाटन गर्दै मन्त्री भुषालले कम्तिमा सात बर्ष राष्ट्रिय एकताका साथ अगाडी बढे देश कृषिमा आत्मनिर्भर हुने दावी गरेका गरे । उनले एकसाथ धेरै क्षेत्रमा काम गर्नु परेको कारण थोरै अस्तब्यस्त देखिए पनि केही बर्षमै यी सबै ब्यवस्थित भएर जाने दावी समेत गरे ।

माछाको व्यावसायिक प्रवर्द्धन गर्ने मुख्य उद्देश्यले रूपन्देहीमा पाँच दिने मत्स्य, कृषि तथा माघी महोत्सव बुधबार बाट सुरु भएको हो । रुपन्देही माछाका लागि उर्वर ठाउँ रहेको, यहाँका चारवटा गाउँपालिकामा माछा सुपरजोन कार्यक्रम लागू भएकाले यसको बजार बिस्तार गर्न र कृषि क्षेत्रकै विकासमा योगदान पु‍र्‍याउन महोत्सव आयोजना गरिएको हो ।

नेपाल मत्स्य व्यवसायी संघ रुपन्देही, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना माछा सुपरजोन रुपन्देही, सियारी गाउँपालिका, शुद्धोधन गाउँपालिका, गैंडहवा गाउँपालिका र मायादेवी गाउँपालिकाको संयुक्त आयोजनामा महोत्सव सुरु भएको हो ।

कृषिमा समृद्धि नल्याए राज्यमा समृद्धिमा नआउने ठहरका साथ कृषिमा युवाहरुलाई जेडने उद्देश्यका साथ महोत्सवको आयोजना गरिएको महोत्सव आयोजनन मूल समितिका संयोजक दिवाकर भुषाले बताए ।

निःशुल्क प्रवेशका ब्यवस्था रहेको महोत्सवमा बिशेष गरि माछामा अधारित स्टलहरु रहेका छन् । महोत्सवले माछा पालक कृषकहरुलाई मात्र नभई माछामा आधारित कृषि पेशा गर्न चाहने नया कृषकलाई पनि लाभकारी रहने आयोजकको भनाई छ ।

रुपन्देहीको उत्पादनले माछामा मुलुकलाई नै आत्मनिर्भर बनाउन सकिने र भारतमा समेत माछा निर्यात गर्न सकिने संभावना रहेकाले किसानलाई यसतर्फ प्रोत्साहन गर्नका लागि पनि माछा महोत्सव आयोजना गरिएको आयोजकले बताए ।

महोत्सवको उदघाटन कार्यक्रममा बोल्ने वक्ताहरुले सरकारले अझै पनि कृषक लक्षित काम गर्न नसकेको गुनासो गरेका थिए । सियारी गाउँपालिका अध्यक्ष अयोध्या थारु, सुद्धोधन गाउँपालिका अध्यक्ष किसुनचन्द चौधरी, गैडहवा गाउँपालिकाका अध्यक्ष बच्छुलाल केवट लगायतले बोल्दै अझै पनि स्थानिय तहमा बाली बिज्ञहरुको अभाव रहेको बताएका थिए । उनिहरुले कृषि ज्ञान केन्दै भए पनि त्यो ठूलो र ठेकेदार प्रकिृतिका किसानलाई मात्र महत्व दिने गरेको गुनासो गरे ।

टिप्पणी थप्नुहोस्