प्रदेश १ मा चार राज्यमन्त्री थपिए

विराटनगर । प्रदेश नं १ मा चारजना राज्यमन्त्री थपिएका छन् । एक महिला सहित थपिएका राज्यमन्त्रीलाई मुख्यमन्त्री शेरधन राईले पद तथा गोपनियताको शपथग्रहण गराएका थिए ।

प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा भूमि ब्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीमा रामबहादुर मगर, भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा अम्बिर बाबु गुरुङ, सामाजिक विकास राज्यमन्त्रीमा जसमाया गजमेर र उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा विजयकुमार विश्वासले सपथ लिएका थिए ।

प्रदेश प्रमुख कार्यालयबाट जारी बिज्ञप्तिमा मुख्यमन्त्री राईको सिफारिसमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले राज्यमन्त्री नियुक्त गरिएको जनाइएको छ । शपथग्रहण कार्यक्रममा प्रदेश प्रमुख अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री