कोहलपुर नगरपालिकामा विरोध स्वरुप एक घण्टा तालाबन्दी

-सिराज खान
नेपालगन्ज । सडक निर्माण गरेर सकिएको लामो समय वितेपनि भुक्तानी नपाएको भन्दै एक निर्माण कम्पनीले सोमवार कोहलपुर नगरपालिकामा विरोध स्वरुप एक घण्टा तालाबन्दी गरेको छ ।

राष्ट्रमुखी निर्माण सेवा कोहलपुरले आफुले सडक निर्माणको काममा पाउनुपर्ने रकम नपाएपछी रकम माग गर्दै कोहलपुर नगरपालिकाको मुलगेटमै ताला बन्दी गरेको जनाएको छ ।

त्रिपुणा गणदेखि गोरखा स्कुल हुँदै इन्देणी चोकसम्म जाने सडक निर्माणका लागी राष्टमुखी निर्माण सेवाले ठेक्का पाएको थियो । करिब २ करोड ६ लाख बराबर सडक निर्माणको जिम्मा लिएको राष्टमुखी निर्माण सेवाले रनिङ्ग बिलमा ६५ लाख मात्र लिएको राष्टमुखी निर्माण सेवाका प्रबन्धक निर्देशक गौरव रावलले बताए ।

आफुले सडक निर्माण गरे वापतको पाउनुपर्ने रकम नपाएपछी बाध्य भएर नगरपालिकामा तालाबन्दी गर्नुपरेको रावलले बताए । तालाबन्दी गरिएपछि आवश्यक काम लिएर नगरपालिका पुगेका सर्वसाधारणलाई एक घण्टा बाहिर बस्नु परेपछि समस्या उठाउनु परेको थियो ।

कोहलपुर नगरपालिका र निर्माण सेवा बिच भएको सम्झौता अनुसार निर्माण हुनगई एक घन्टापछी नगरपालिकामा लगाइएको ताला खोलिएको थियो ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री