मन्त्री र मुख्यमन्त्री सहभागी कार्यक्रममा होहल्ला र विरोध

भैरहवा । बृहत्तर लुम्बिनीको विकासको खाकासहित लुम्बिनीका स्थानीयसंग छलफल गर्न आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री योगेश भट्टराई र प्रदेश सरकारका मुख्मन्त्री शंकर पोखरेलको स्थानीयले बिरोध गरेका छन् ।

लुम्बिनी विकास कोषको आयोजनामा मंगलबार लुम्बिनीमा आयोजित “बृहत्तर लुम्बिनी क्षेत्रको योजना तथा विश्व शान्ती नगरको कार्यान्वयन सम्बन्धि” छलफल कार्यक्रममा मन्त्रीले स्थानीयको कुरै सुन्न नचाहेको भन्दै उनीहरुले रोष ब्यक्त गरेका थिए । सुरुमा उदघोषकले बृहत्तर लुम्बिनीको विकासको लागी स्थानिय स्तरमै मन्त्री कुरा सुन्न आएको बताएपछि स्थानीयहरुले मन्त्री समक्ष कुरा राख्न पाउने आश गरेका थिए । तर स्थानियको नाममा कार्यक्रममा आएका स्थानिय तहका प्रमुख एवम जनप्रतिनिधिलाई मात्र बोल्न दिएपछि सर्वसाधारणहरुले त्यसको बिरोध गरेका थिए ।

प्रदेश नम्बर ५ का मूख्यमन्त्री शंकर पोखरेलले बृहत्तर लुम्बिनीको विकासको लागी स्थानियहरु जग्गा दिन तयार भए नभएको स्पष्ट पार्न आग्रह गरे । उनले प्रोफेसर क्वाकले सजिलै स्थानियहरुले जग्गा दिने परिकल्पना गरेपनि स्थानियहरु त्यस्तो मनस्थितिमा नदेखिएकोले बुहत्तर लुम्बिनीको बिकासबारे धारणा राखेको थिए ।

मूख्यमन्त्रीले बोलेको केही समयपछि नै स्थानीय बासिन्दाले आफुलाई बोल्नै नदिएको गुनासो सहित होहल्ला गर्न थालेका थिए । लगतै कार्यक्रममा बोल्दै स्थानीइ तथा प्रदेश सभा सदस्य फखरुद्धिन खाँनले कार्यक्रम लुम्बिनीवासीलाई लाद्ने किसिमले ल्याइएकोले त्यसको बिरोध गरेको बताए । उनले क्वाकले ल्याएको परियोजना कुनैपनि हालतमा लागु गर्ने मनस्थितिमा स्थानिय नरहेको बताए ।

बिशेषगरी लुमिबनी बिकास कोषले स्थानियहरुलाई पूर्ण रुपमा वेवास्ता गरेको उनीहरुको आरोप थियो । यसअघि पनि करिब १२ सय बिगहा जग्गा अधिग्रहण गरेको लुम्बिनी बिकास कोषले फेरी पनि क्वाकको परियोजनाको नाममा स्थानियलाई बिस्थापित गराउन खोजेको उनिहरुको बुझाई थियो ।

लुम्बिनी बिकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले बृहत्तर लुम्बिनी बिकास बारे अहिले छलफलकै क्रममा रहेकोले स्थानीयलाई नआत्तिन आग्रह गरे । उनले पहिलो छलफल लुम्बिनीबाटै थाल्ने प्रयास स्वरुप नै छलफलको आयोजना गरिएको बताए । उनले केन्जो टांगेको गुरुयोजना र बुद्धसंग सम्बन्धित क्षेत्रको बिकासबारे स्पष्ट रहेपनि बृहत्तर लुम्बिनीको विकास बारे अहिले छलफलकै क्रममा रहेको स्पष्ट पारे ।

स्थानीय आक्रोशित भएपछि कार्यक्रमको अध्यक्षता समेत गरिरहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री योगेश भट्टराईले बृहत्तर लुम्बिनीको विकास लागु गर्न स्थानीलाई कुनै प्रकारको हानी नपुर्‍याइने बताए । उनले लुम्बिनी संगै स्थानियको मात्र नभई देशकै गौरव जोडिएको बताए । कार्यक्रममा गलत सूचना दिएर ल्याइएको आरोप समेत लगाए ।

सो अवसरमा मन्त्री भट्टराईले बृहत्तर लुम्बिनी क्षेत्रको परिकल्पना कार्यान्वयन गर्न बृहत्तर लुम्बिनी विकास प्राधिकरण गठन आवश्यक रहेको औल्याए । लुम्बिनी विकास कोषको आयोजनामा लुम्बिनीमा सम्पन्न भएको ‘बृहत्तर लुम्बिनी क्षेत्रको योजना तथा विश्व शान्ती नगरको कार्यान्वयन सम्बन्धी’ छलफल कार्यक्रममामा मन्त्री भट्टराईले प्राधिकरण गरेर बृहत्तर लुम्बिनी क्षेत्रको बिकासमा लाग्नु पर्ने आवश्यकता औल्याएका हुन ।

अहिले भएको लुम्बिनी विकास कोषको नियमित कामहरुलाई असर नपर्ने गरी बृहत्तर लुम्बिनीको विकासको लागी मात्रै काम गर्नेगरि करिब २ खर्वको बजेट भएको प्राधिकरण गठन गर्नु पर्ने उनले बताए ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री