२ सय ७१ वटा सीमा स्तम्भ ‘गायब’

-राधेश्याम विश्वकर्मा
भैरहवा । प्रदेश नम्बर ५ को अस्थायी राजधानी रुपन्देही जिल्लामै २ सय ७१ वटा सीमा स्तम्भ गायब रहेको पाइएको छ ।

जिल्लाको बिभिन्न भागमा रहेको सीमा स्तम्भहरु अहिले हराइरहेको अवस्थामा छन् । स्तम्भहरुको खोजीमा न सीमा सुरक्षा बलले चासो देखाएको छ न स्थानिय प्रशासनले नै । सीमा सुरक्षाको मूख्य जिम्मेवारीसहित सीमा क्षेत्रमा स्थापना गरिएको शसस्त्र प्रहरीले नै जिल्लामा २ सय ७१ वटा सीमा स्तम्भहरु हराईरहेको तथ्यांक पेश गर्ने गरेको छ । हराउने स्तम्भहरु कुन क्षेत्रको स्तम्भहरु हो भन्नेमा शसस्त्रसंग नै तथ्यांक छै्रन ।

नेपाल र भारत अन्र्तगत रुपन्देहीमा पर्ने ५९ दशमलव ७ किलोमिटरमा मुख्य, सहायक र सानोगरी ४ सय ६ वटा सीमा स्तम्भहरु हुनुपर्नेमा १ सय ३५ वटा सीमा स्तम्भ मात्र दुरुस्त अवस्थामा रहेका छन् । बाँकी सीमा स्तम्भहरु हराइरहेको अवस्थामा रहेको शसस्त्र प्रहरीले जानकारी दिएको छ ।

शसस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण हेड क्वार्टर रुपन्देहीको अनुसार जिल्लामा २६ वटा मुख्य सीमा स्तम्भ, ९ वटा सहायक र १ सय वटा सानो सीमा स्तम्भहरु मात्र देखिएको छ । यस्तै ९ वटा मूख्य र २ सय ६२ वटा सानो गरि जम्मा २ सय ७१ वटा सीमा स्तम्भ दशगजा क्षेत्रबाट नै गायब भएका छन् ।

तर यस बिषयमा भने गणका प्रमुख तेज प्रसाद पोखरेलले भने माथीको आदेश बताउँदै औपचरिक प्रतिक्रिया नै दिन मानेनन् । सीमाको सुरक्षा तथा अन्य गरि अहिले जिल्लामा १५ वटा शसस्त्र प्रहरी बलको युनिटहरु रहेका छन् । चारवटा बोर्डर आउट पोष्ट, एक वटा गण र तीन वटा गुल्म, पाँच वटा सुरक्षा बेस, सुख्खा बन्दरगाह र आईसीपी क्याम्पगरी १५ वटा शसस्त्र प्रहरीकै युनिटहरु रहेको छ । यस अतिरिक्त प्रायः सबै नाकामा नेपाल प्रहरीको पनि उपस्थिति रहेको छ ।

समय समयमा सीमाबारे अध्ययन गर्ने टोलीले पनि जिल्ला भ्रमण गरेको भएपनि हराएका स्तम्भहरुबारे कसैले चासो राखेको पाइएको छ्रैन । नेपाल भारतको सीमामा मर्चवार क्षेत्रमा डण्डा नदी रहेको यसैले प्रायः धेरै स्थानमा दुई देशको सीमा छुट्टयाएको छ । कतिपय स्थानमा मुख्य सीमा स्तम्भ नै नदीमा हराएको तथा कतिपय साना सीमा स्तम्भहरु मासिएर गए पनि जिल्लाको अधिकांश स्तम्भ हराएका हुन् ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले सीमा क्षेत्रमा रहेका नदीहरुले कटान गर्दा नदी नजिकका सीमा स्तम्भहरु हराउने गरेको स्वीकार गरे । उनले सीमा स्तम्भहरु हराएपनि दुवै देशको संयुक्त टोलीले निरीक्षण गरेर हराएको ठाउँको सीमा स्तम्भहरु राख्ने काम गरेको दावी गरे । प्रमुख जिल्ला अधिकारीले हराएको सीमा स्तम्भहरुको खोजी गरेको दावी गरेपनि खोजी गरिएको सीमा स्तम्भहरुबारे सम्बन्धित निकायले अद्यावधिक गरेको छैन ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री