प्रधानमन्त्री ओलीले ‘ज्ञानेन्द्र शैली’ अपनाए : बालकृष्ण खाँण

भैरहवा । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्री निरंकुश तानाशाह शासक पूर्वराजा ज्ञानेन्द्र शाह जस्तो भएको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको हाँसो, हेराई, बोलाई, चम्काई, लगाई, गाडी र बसाई ज्ञानेन्द्र जस्तो भएको बताउँदै उनले ओलीको जिवनमा ज्ञानेन्द्र शैली आईसकेको बताए ।

नेपाल रेडक्रस सोसाईटी रुपन्देही शाखाको ४४ औं बार्षिक साधारण सभालाई सम्बोधन गर्न आएका खाँणले अहिलेको सरकार निरंकुश एवम तानाशाह हुदै गएको आरोप लगाएका हुन् ।

नेपालको राजतन्त्रमा राजाले कहिल्यै पनि संवैधानिक बन्न नचाहेको र सर्वसत्ता जनतामा स्थापित गर्न नसकेको बताउँदै उनले अहिले प्रधानमन्त्री पनि ज्ञानेन्द्र पथमै हिंडेको आरोप लगाए ।

साधारण सभाको उद्घाटन सत्रमा उद्योग बाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले प्रतिपक्षले उद्योगी ब्यवसायीको बिषयमा नबोलेको भन्ने असन्तुष्टिलाई सम्बोधन गर्दै खाँणले अहिले सरकार संसदीय अभ्यासमै नरहेको जिकिर गरे ।

उनले प्रतिपक्षीले आफ्नो भुमिका निर्वाह गरेको बताउँदै आफ्नो समस्याबारे आफै पनि बोल्न उद्योगी ब्यवसायीलाई आग्रह गरे । उद्योगी ब्यवसायीले आफ्नो समस्या अगाडि बढाए त्यसमा कांग्रेस सडक र सदन दुवैबाट आवाज उठाउने उनले प्रतिवद्धता समेत जनाए ।

यस्तै प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य सन्तोष पाण्डेले जनताले अपेक्षा गरे अनुसारको काम सरकारले काम गर्न नसकेको बताए । उनले सरकारबाट अहिले सबैभन्दा बढी आक्रान्त उद्योगी ब्यवसायी भएको बताउँदै आवश्यक परे उद्योगी ब्यवसायको हकमा सडकमा आउने बताए ।

२०२७ साल श्रावण ७ गते विपद्कै सन्दर्भमो स्थापना भएको नेपाल रेडक्रस सोसाईटी रुपन्देही शाखाले आफ्नो ४४ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । बिपदको समयमा उद्धार, संकट ब्यवस्थापन, सेवा तथा रक्त संकलन र वितरण कार्यलाई प्रमुख प्राथमिकतामा राखी शाखाले अहिले एमबुलेन्स सेवा, प्राथमिक उपचार सेवा, जुनियर÷सिनियर युवा लक्षित कार्यक्रमहरु संचालन गरिरहेको सोसाइटीका अध्यक्ष प्रेमलाल उदासले जानकारी दिए ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री