पूर्वसभामुख महराले पाए सफाइ

काठमाडौं । जिल्ला अदालत काठमाडौँले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको बलात्कारको प्रयासको मुद्दामा सफाइ पाएका छन् ।

बलात्कारको आरोप पुष्टि नभएको अदालतले ठहर गरेपछि सफाइ दिइएको काठमाडौँ जिल्ला अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए ।

न्यायाधीश अम्बरराज पौडेलको इजलासले सोमबार सफाइ दिने फैसला गरेको हो । संघीय संसद सचिवालयमा कार्यरत् कर्मचारी रोशनी शाहीले आफूमाथि यौन दुर्व्यवहार गरेको उजुरी दिएपछि महराले बलात्कार प्रयासको मुद्दा खेपिरहेका थिए ।

यसअघि, जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री