आरआर क्याम्पसमा झडपः तीन घाइते, सात जना पक्राउ

काठमाडौं । प्रर्दशनी मार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस(आरआर)मा सत्तारुढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियुको आक्रमणमा नेविसंघका तीन विद्यार्थी घाइते भएका छन् ।

घाइते हुनेमा आविश्कार पौडेल, कुशल बस्नेत र सुमन खड्का रहेका छन् । उनीहरुको मोडेल अस्पतालमा उपचार भइरहेको छ । स्ववियू निर्वाचनका विषयलाई लिएर भएको विवादपछि झडप भएको हो ।

आक्रमणपछि भएको झडपमा नेवि संघका केही नेताहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा पुष्कर बाँस्तोला, सन्जीब ढकाल, सुनिल शर्मा, रामजी बस्नेत, उमेश गुरुङ र विकु खड्का रहेका छन् ।

घट्नाको नेवि संघका महामन्त्री दिपक भट्टराई भत्र्सना गरेका छन् । महामन्त्री भट्टराईले विज्ञप्ती जारी गरी पक्राउ परेका विद्यार्थीको तत्काल रिहाईको माग गर्दै घटनाको निष्पक्ष छानविनको माग गरेका छन् ।

टिप्पणी थप्नुहोस्