किशोरी बलात्कार घटना: आरोपितलाई पाँच दिनको म्याद थप

भैरहवा । मर्चवारमा नाबालिक किशोरीमाथी भएको सामुहिक बलात्कारको आरोपीहरुलाई रुपन्देही जिल्ला अदालतले अनुसन्धानको लागी पाँच दिनको म्याद थप गरेको छ ।

बलात्कार आरोपमा सम्मरीमाई गाउँपालिका–३ बस्ने पंकज तिवारी, ब्रिजेश तिवारी र जवन्त कहारलाई अदालतले पाँच दिनको लागि म्याद थपगरी प्रहरीलाई अनुसन्धान गर्ने बाटो सहज पारिदिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक खडक् बहादुर खत्रीले म्याद थपको लागी मंगलबार रुपन्देही जिल्ला अदालतमा पेश गरिएको बताए । प्रारम्भिक अनुसन्धाकै क्रममा आरोपीहरुले आफुले गरेको अपराध स्वीकार गरेको खत्रीले बताए । तीनैजना बिरुद्ध जवरजस्ती करणीको मुद्दा दर्ता गरिएको बताए ।

गाउँमा लागेको महायज्ञको मौका छोपी आरोपित तीन जना युवाहरुले निर्माणाधिन घरमा १६ बर्षीया किशोरीको सामुहिक बलात्कार गरेको आरोप छ ।

बुवा विरामी भएर उपचारको लागी भारत गएको तथा घरमा वृद्ध बाजे, एक जना बहिनी र भाइसँग बस्दै आएकी किशोरीलाई निज युवकहरुले झुक्काएर घर बाहिर बोलाई बलात्कार गरेको उनका आफन्तले बताए । बिहान बहिनीलाई लिएर पीडित किशोरी आफै नजिकैको प्रहरी चौकी पुगेकी थिइन ।

टिप्पणी थप्नुहोस्