घुस खानी अनि हेप्नी ?

-राजेश मिश्र

कार्यकर्ताहरु नेताले बाँडेको ढाँटको खाजा खाएर रमाउँछन्। अघाउँछन्।

यो बर्गलाई ढाँटिनुमा आनन्द आउँछ। यसैका लागि उनीहरु लाखौँ खर्चेर मंच खडा गर्छन । सीमावर्ती भारतीय सहरबाट सयौं किलोको माला आयात गर्छन। नेताको अनुहार छोपिनेगरी अभिनन्दन गर्छन । आफ्नो स्वार्थ लुकाउँछन् । ताली पड्काउँछन् । पड्काउन हौस्याउँछन् ।

छयालीस सालको सफल आन्दोलन पछि गठीत अन्तरीम सरकार प्रमुख कृष्णप्रसाद भट्टराईले पनि सपना देखाउनुभएकै हो । ‘मेलम्चीको पानीले हामी राजधानीका सडक पखाल्ने छौं, जलबिद्धुतको बिकास गरेर हामी यहाँका हरेक रुखका पात पातमा बत्ती बाल्नेछौँ ।’ आदि ईत्यादी।

त्यो उहाँको आफ्नै सपना थियो, वा जनतालाई देखाउने एउटा राजनीतिक खेलो थियो, हामीले बुझ्ने मौकै पाएनौं । तत्कालीन मालेका नेता मदन भण्डारीले चावहिल गणेशथानको चौरबाट आक्रामक भाषण गरे, राजालाई इंगित गर्दै, ‘सरकार, आँखा नचम्काईबक्स्योस, श्रीपेच खोलेर चुनाव लड्न आईबक्स्योस ।’

मतदाताले शायद नबुझेको कुरा आफै बुझे । मदन भण्डारीको उमेर जे थियो, त्यो भन्दा दोब्बर बर्ष प्रजातन्त्रका लागि लडेका किसुनजी (लेखकलाई कृष्णप्रसाद भट्टराई भन्नुभंदा यही नाम सरल र प्रीय लाग्छ) चुनाव हारे । तत्कालीन प्रधानमन्त्री किसुनजीका चुनावी रथका सारथी गृह मन्त्री योगप्रसाद उपाध्यायको क्षेत्र नम्बर एकमा मतदाता सूचिमा नामै रहेनछ। कांग्रेस एउटा अव्यस्थित पार्टी थियो, छ र रहनेछ। यो उसको चरित्र हो।

सैंतीस सालको जनमत संग्रहमा ‘यो जनमत संग्रह धोका हो’ भन्दै चुनाव बिथोल्ने, नभए नीलोको साटो पंहेलोलाई भोट हाल्न उक्साउने अरु कोही होईन, तत्कालीन माले नै थियो। अहिलेको पुस्तालाई नीलो र पंहेलोको भिन्नता थाहा नहुन सक्छ । तर कक्षा छ मा पढ्ने यो लेखकले बहुदलको केही पर्चा लिएर ठमेलको अस्कल क्याम्पस जाँदा अखिलका लडाकूहरुले भाटा लिएर खेदेको हिजै जस्तो लाग्छ। खेद्न सकेनन्। हामीले पनि ढुङ्गा हान्यौं। पर्चा ठाउँमा पुग्यो। छरियो।

बयलगाडा चढ्ने उनीहरुको पुरानो बानी हो।

अब आउँ अहिलेको सन्दर्भमा।

मैले चिनेको गोकुल बास्कोटा अहिलेको जस्तो रसीला, पोटिला गुप्प फुलेका र कपाल फुलेका परिपक्व थिएनन ।

परिपकप्व त अझै रहेनछन्। प्रमाणित भैसक्यो।

पत्रकारिता गरेको चिनारीबाट राजनीतिको खुड्किलो चढेको मान्छे पत्रकारप्रति झनै असहिष्णु हुँदोरहेछ। श्रीष शम्शेर दरवारिया डकार निकाल्ने खालका थिए। उनको कुरै भएन। जेपी आनन्द भनेर यो लेखकले चिनेको, संगत गरेको, माया गरेको मान्छे मन्त्री भएपछि जयप्रसाद प्रसाद गुप्तामा अनुवाद भयो।

कुनैबेला, पंचायतकालमा, जेपीलाई टुच्च दिन मन लाग्थ्यो। बिजुलीबजारमा भरत जंगमको घरमा देशान्तर साप्ताहिकको अफीस थियो। मुन्तिर किराना पसल थियो। म जाँदा जुन बेला पनि खुल्थ्यो । हामी काम सकाएर घर जाँदा ति काभ्रेका साउजीको ढोकामा दुई चार लात हानपछि उनले ढोका खोल्थे। मेरो उधारो खाता चलायामान हुन्थ्यो। एउटा हाफ भोड्का अनि अर्को एक प्याकेट चाउचाउ उधारोमा बोकेर हामी अनामनगरबाट डिल्लीबजारतिर लम्किन्थ्यों। खेतको आलीमा बसेर भोड्का तन्क्याउनु र प्याकेटको कुरा कुरकुर गर्नु कम रमाईलो हुन्नथ्यो। त्यो बेला अनामनगर अहिलेको जस्तो भैसकेको थिएन।

पछि जेपी पदमा पुगे। उनको पारो चढ्यो। जसरी गोकुल बास्कोटाको चढेको थियो। मनी त देखाओटी फरक थियो ।जेपीले एक्लै गरे। बास्कोटा ओलीको छातामुनी छन् । कसले पत्याउला ? बास्कोटा एक्लैले गरे ? स्वीट्जर्ल्याण्ड पछि फ्रान्स र जर्मनीको कुरो छ।  फ्रान्सको कम्पनीसंग केपी ओलीको यती ग्रूप टाक्सिएको छ।  जर्मनी त देखावटी रैछ, हेप्नी ?

टिप्पणी थप्नुहोस्