कांग्रेसका १३ नेताले पाए विभागको जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आउन एक बर्ष बाँकी रहँदा सभापति शेरबहादुर देउवाले शनिबार पार्टीका १३ बिभाग गठन गरेका छन्।

सभापति देउवाले बरिष्ठ नेता रामचन्द्र पौडेलसंग सल्लाह गरेर सबै बिभाग एकै पटक गठन गर्ने तयारी गरेको भए पनि पौडल पक्षबाट नाम नआएपछि पहिलो चरणमा १३ केन्द्रीय सदस्यहरुलाई बिभाग प्रमुखको जिम्मेवारी तोकेका हुन्। संसद सदस्यहरुको भूमिका संसदमै केन्द्रित गर्ने गरी देउवाले संसद बाहिर रहेका केन्द्रीय सदस्यहरुलाई बिभागको जिम्मेवारी दिएका हुन्।

कांग्रेसका अनुसार संगठन बिभाग प्रमुखमा गोपालमान श्रेष्ठ, संघीय मामिला तथा प्रदेश समन्वय बिभागमा रमेश रिजाल, मुस्लिम बिभागमा फरमूल्ला मन्सुर, स्थानीय तह समन्वय बिभागमा अर्जुनप्रसाद जोशी, बित्तीय तथा सहकारी संस्था समन्वय बिभागमा आनन्दप्रसाद ढुंगाना, तराई मधेश समन्वय बिभागमा अजयकुमार चौरसिया रहेका छन्।

यसैगरी, यातायात व्यबसायी समन्वय बिभागमा महेन्द्र यादब, तरुण बिभागमा शंकर भण्डारी, आदिबासी जनजाति बिभागमा सीता गुरुङ, नेपाली जनसम्पर्क समिति समन्वय विभागमा गोविन्द भट्टराई, उद्योग व्यापार विभागमा चिनकाजी श्रेष्ठ, सूचना, संचार तथा प्रचार विभागमा बिश्वप्रकाश शर्मा, श्रमिक तथा टेड युनियन विभागमा शिवप्रसाद हुमागाई रहेका छन्।

यसैगरी कांग्रेसले केही विभागहरु पनि गठन गरेको छ। प्रवक्ता विश्वप्रकाश शर्मालाई प्रचार विभागको जिम्मा दिएको छ। त्यसैगरी संगठन विभागको प्रमुखमा केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, जनसम्पर्क विभागको प्रमुखमा अर्का केन्द्रीय सदस्य गोविन्द भट्टराई, तराई मधेश विभागमा केन्द्रीय सदस्य अजय चौरसिया तथा तरुण बिभागको प्रमुखमा केन्द्रीय सदस्य शंकर भण्डारीलाई जिम्मा दिइएको छ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री