एसियन च्यालेन्जर ट्रफी : पाकिस्तानद्वारा भारत पराजित

भैरहवा । भैरहवामा जारी अन्तरदेशीय एसियन च्यालेन्जर ट्रफी (क्लब) क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई पराजित गरेको छ ।

प्रतियोगितामा सहभागी पाकिस्तानको गुजरात लायन्सले भारतको सहारा क्रिकेट क्लब हैदराबदलाई ५ विकेटले हराएको हो ।

प्रतियोगिता अन्र्तगत भएको मंगलबारको दोश्रो खेलमा टस जितेर व्याटिङ गरेको सहारा क्रिकेट क्लब हैदराबादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४४ रन बनाएको थियो ।

१ सय १५ रनको विजयी लक्ष्य पाएको पाकिस्तानले १८ दशमलब ५ ओभरमा ५ विकेट गुमाउँदै १ सय ४७ रन बनायो । उसका लागि अर्बुरहमानले ७५ (नटआउट) बनाए ।

यस्तै प्रतियोगिताको आजै सम्पन्न पहिलो खेलमा शंकरनगर क्रिकेट क्लब रुपन्देहीले राइनोज क्रिकेट क्लब काठमाण्डौलाई ३ विकेटले हराएको छ ।

टस जितेर व्याटिङ गरेको राइनोजले निर्धारित २० ओभरमा १० विकेट गुमाउँदै ८८ रन बनाएको थियो ।

८९ रनको लक्ष्य सहित मैदानमा आएको शंकरनगर क्रिकेट क्लबले १९ दशमलव १ ओभरमा ७ विकेट गुमाउँदै उक्त लक्ष्य भेटेको थियो ।

यससंगै प्रतियोगिताको सेमीफाईनलको समीकरण पनि तयार भएको छ । मंगलबार भएको खेलमा राईनोज क्रिकेट क्लब काठमाण्डौं हारे पनि सेमीफाइनलमा स्थान सुरक्षित बनाएको छ ।

बुधबार हुने सेमीफाईनलको पहिलो खेल राइनोज क्रिकेट क्लब काठमाण्डौ र असरक ग्लोबल स्पोर्टस् बंगलादेश तथा दोस्रो सेमिफाइनल खेल शंकरनगर क्रिकेट क्लब रुपन्देही र वेस्टर्न क्रिकेट क्लब बुटवलबीच हुने रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए ।

टिप्पणी थप्नुहोस्