सुनको मूल्यमा नयाँ रेकर्ड, बाइस सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला रु दुई हजार २०० ले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला रु ८० हजार ५०० पुगेको छ ।

यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ८० हजार २०० निर्धारण गरिएको छ ।

महासङ्घका अनुसार मङ्गलबार छापावाल सुन प्रतितोला रु ७८ हजार ३०० र तेजाबी सुन प्रतितोला रु ७८ हजारमा खरिदबिक्री भएको थियो ।

यसैगरी नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला रु २० ले बढेको छ ।

चाँदीको मूल्य प्रतितोला रु ८८० पुगेको छ । विश्व बजारमा सुनको मूल्य बढेसँगै नेपालमा पनि त्यसको प्रभाव परेको महासङ्घले जनाएको छ । रासस

टिप्पणी थप्नुहोस्