बुद्धिमानको गीतमा ‘बले’ र केकीको दमदार अभिनय

काठमाडौं । कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालका अध्यक्ष समेत रहेका बरिष्ठ दन्त चिकित्सक श्रेष्ठको नयाँ परिचय रुपमा गायक बनेर नेपाली संगीत क्षेत्रमा उदाएका छन् ।

प्रायः नागरिकको स्वास्थ्य सेवामा सक्रिय रहने डा. बुद्धिमान श्रेष्ठको परिचय अब डाक्टरमा मात्र सिमिति नभई गायकको रुपमा समेत भएको हो ।

श्रेष्ठले गायिका मेलिना राईसँग ‘‘रेलले तान्यो र, बैगुनि छौ भन्ने कसले जान्यो र’ भन्ने गीत बजारमा ल्याएका हुन् । गीतमा बादल घिमिरेको शब्द संगित रहेको छ ।

गीतको भिडियोमा चर्चित अभिनेत्री केकी अधिकारी र चर्चित हाँस्यकलाकार सागर लम्साल ‘बले’ को दमदार अभिनय देख्न सकिनेछ ।

चिकित्सा कर्म र व्यवसायमा समेत सक्रिय रहेका श्रेष्ठ नेपाली गीत संगीतप्रतिको माया र गायन सोखका कारण आफू यस क्षेत्रमा आएको श्रेष्ठले जनाए ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री