साहित्यकार डिपी भण्डारीको निधन

काठमाडौं । प्राध्यापक एवं साहित्यकार दुर्गाप्रसाद (डिपी)भण्डारीको निमोनियाका कारण शनिबार निधन भएको छ ।

उपचारमा रहेका निबन्धकार भण्डारीको धुम्रबाराहीस्थित ह्याम्स अस्पतालमा शनिबार बिहान ११ः३० बजे निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयमा करीब ३८ वर्ष अङ्ग्रजी विषयमा प्राध्यापन गरेका ८५ वर्षीय भण्डारी नेपाली साहित्यका क्षेत्रमा प्रखर र प्रस्ट वक्ताका रुपमा स्थापित थिए ।

विश्व र नेपाली साहित्यका ज्ञाता एवं बौद्धिक व्यक्तित्वका धनी भण्डारी अङ्ग्रेजी, नेपाली र संस्कृत भाषामा दख्खल राख्थे र उनी निबन्धकार, पत्रपत्रिकामा स्तम्भकार र मिलनसार साहित्यकारका रुपमा चिनिन्थे ।

उनका मृगस्थली, रोटी, फुललगायत चार निबन्ध सङ्ग्रह प्रकाशित छन् । साहित्य र समसामयिक विषयमा एफएम रेडियोमा उनी प्रवचन दिने गर्थे । पुख्र्यौलीघर डोटी रहेका साहित्यकार भण्डारी प्रजातान्त्रिक विचारप्रति आस्था राख्थे । उनका दुई छोरा छन् ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री